पर्यटन र कृषि मुख्य प्राथमिकता: मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
ABC Television first

पोखरा । पोखरा ‘पर्यटनको राजधानी’ घोषणा भइसके पनि थप पर्यटन प्रवद्र्धन र विकासका लागि गण्डकी सरकारले पहल नगरेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले गुनासो गरे ।

एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भ अवसरमा आइतबार गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत् संवाद गरेको हो । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा उक्त बृहत् संवाद गरिएको हो ।

टान गण्डकीका नवनिर्वाचित अध्यक्ष कृष्ण आचार्यले प्रश्न गरे, ‘पर्यटनको राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन । योजनालाई अक्षरशः पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बन्धित निकायले कुरा मात्र गर्ने चासो नै नदिएर समुन्नत बन्छ त ?’

नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकी अध्यक्ष धर्म तमुले आदिवासी पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे । ‘गण्डकी प्रकृति र संस्कृतिमा धनी प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्‍यालीका लागिमात्र हो डाक्ने ?’ उनले प्रश्न गरे ।

पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत् संवाद

सहभागीका जिज्ञासा र प्रश्नको जवाफ दिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागिपरेको बताए । उनले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजना अघि सारेको बताए । ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउन सम्भावना भएअनुरुप दुई वटा क्षेत्र छन्, पर्यटन र कृषि ।

उनले भने, ‘अहिले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुई वटै क्षेत्र हो ।’

उनले कृषिलाई व्यवसायीकरण गर्दै कृषि उद्योगको रुपमा विकास गरेर विदेशिएका युवाशक्तिलाई रोक्न सकिने उनले बताए । ‘कृषिलाई व्यवसायीकरण गरेर कृषि उद्योगको स्थापनामार्फत रोजगारीको अवसर सिर्जना गर्न सकियो भने युवा देशमै अडिन्छन् । गण्डकीमा पर्यटनको आधारशीला तयार भइसकेको छ । यस क्षेत्रलाई पनि व्यापक प्रवद्र्धन गरेर थप चलायमान बनाउन सकियो भने अर्थतन्त्रमा वृद्धि हुन जान्छ,’ उनले भने, ‘त्यसैले अहिले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर हामी काम गरिरहेका छौं ।’

गण्डकी प्रदेशसभा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढामगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राखिन् । उनले प्रदेशलाई समुन्नत बनाउन महिला सशक्तीकरणको जरुरी रहेको बताइन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिश्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मानव सेवामा निर्माण व्यवसायीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका…
  • पोखरा वडा १४ को शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १४ कार्यालयले विजयादशमी, दीपावली, नेपाल संवत् छठ, इद पर्वहरुको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…
  • क्षत्री समाजको कलश यात्रा र महाआरति

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । क्षत्री समाज नेपाल पोखरा १६ ले बडादशैँको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरति गर्ने भएको छ । ऐतिहासिकस्थल…
  • तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल…

hero news full width