सिर्जना बहिरामा अक्षयकोष

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
srijana

लेखनाथ । पोखरा २६ स्थित सिर्जना बहिरा आवासीय माविका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने गरी एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ ।

पुरानो घर पर्वत भई हाल पोखरा १०, अंमरसिहचोक निवासी पूर्व बेलायती सैनिक गुमानसिंह गुरुङ र उनकै भाइ झमानसिंहले बलबहादुर क्षत्रीको स्मृतिमा उक्त अक्षयकोषका लागि सहयोग गरेका हुन् ।

आफ्नो घरमा वर्षौदेखि बसोबास गर्दै आएका क्षत्री सुस्त श्रवण भएकाले उनेको सम्झनामा सिर्जना बहिरा स्कुलकै विद्यार्थीको सहयोगका निम्ति त्यहाँ अक्षयकोष स्थापना गरिएको बताइएको छ ।

बेलायतमा रहेका गुमानसिंह गुरुङले नेपाल आएको समयमा अक्षयकोषका लागि एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र प्रधानाध्यापक सुनिल भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मानव सेवामा निर्माण व्यवसायीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका…
  • पोखरा वडा १४ को शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा १४ कार्यालयले विजयादशमी, दीपावली, नेपाल संवत् छठ, इद पर्वहरुको उपलक्ष्यमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…
  • क्षत्री समाजको कलश यात्रा र महाआरति

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । क्षत्री समाज नेपाल पोखरा १६ ले बडादशैँको सप्तमीका दिन कलश यात्रासहित विधिपूर्वक महाआरति गर्ने भएको छ । ऐतिहासिकस्थल…
  • तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । तारकाङ–पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार शुभकामना आदानप्रदान सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ–२०८१ तथा नेपाल…

hero news full width