गोरखाको बस झ्याप्लेखोलामा पुरियो, ५ जनाको शव फेला

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
gadi

पोखरा । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा सम्पर्कविहीन भएको बस धादिङको झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटिएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको बस बेपत्ता भएको थियो । आइतबार सडक पन्छाउने क्रममा गाडीको अवशेष फेला परेको हो । उक्त बसमा ५ जना सवार रहेको बताइएको छ । बस खोतल्ने क्रममा पाँचै जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

चालक दलका तीन र दुई यात्रुको शव भेटिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए । तिमध्ये ३ जनाको पहिचान खुलेको छ ।

बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार, धावाकै विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव फेला परेको खत्रीले बताए । यात्रुमध्ये एकजना गोरखाकै धार्चे गाउँपालिका ७ खानीगाउँका २७ वर्षीय सुकबहादुर गुरुङ छन् भने अर्का यात्रु उनकै सम्पर्कमा मुग्लीनबाट बसमा चढेका थिए । उनको पहिचान खुलेको छैन । गत शुक्रबार धार्चे ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको बस आइतबारसम्म सम्पर्कबिहिन बनेको हो । लामो समयसम्म सुकबहादुर सम्पर्कमा नआएपछि उनका आफन्तले बस खोजिदिन प्रहरीलाई आग्रह गरेका थिए ।

अन्ततः झ्याप्लेखोलामा पहिरो पन्छाउने क्रममा उक्त बस पुरिएको अवस्थामा भेटिएको हो । बसको केही भाग देखिएपछि एक्साभेटरको सहायताले खोतल्न थालिएको थियो । गोरखाका डीएसपी रमेश कुमार श्रेष्ठले बस र बसभित्र ५ जनाको शव फेला परेको जानकारी दिए । उनीहरुको थप पहिचानका लागि टिचिङ अस्पताल पठाइएको छ । बसमा अरु यात्रु भए नभएको खुलेको छैन ।

Related News

सम्बन्धित समाचार

  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ, कास्की आयोजनामा पर्यटकीय क्षेत्र धम्पुसमा ‘विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया भएको छ ।…

hero news full width