पोखरा । बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ पुगेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार धादिङको धुनिबेसी नगरपालिका ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा थप ४८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण अझै ५५ जना हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । १०१ जना भन्दा बढी घाइते भएका छन् भने उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा बाढी–पहिरोमा फसेका ३ हजार ६ सय जना भन्दा बढीको उद्धार भएको छ ।
४ सय घरमा क्षति
वर्षाले देशैभर ४ सय भन्दा बढी घरमा आंशिकदेखि पूर्ण क्षति भएको छ । अधिकांश राजमार्ग अवरुद्ध बनेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साना ठुला गरेर कम्तीमा २५ वटा पुल पूरै बनाउनुपर्ने गरी भत्किएको छ । ५० हाराहारीमा क्षति पुगेको छ । सडक तथा पुलहरूमा मात्रै २ अर्ब ५० करोड क्षति पुगेको प्राधिकरणको प्रारम्भिक आँकलन छ ।
१ खर्ब क्षति अनुमान
बाढीका कारण बर्सेनि औसतमा १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको क्षति हुने गरेको प्राधिकरणको तथ्यांक छ । यस्तै, १६ वटा जलविद्युत् आयोजनामा आंशिकदेखि पूर्ण क्षति भएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनामा मात्रै करिब २ अर्बभन्दा बढीको क्षति पुगेको अनुमान छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार निजी सम्पत्ति, सार्वजनिक स्थान, पुनर्निर्माणमा लाग्ने खर्च सबै जोड्दा करिब १ खर्ब हाराहारी पुग्ने अनुमान छ ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१