पोखरा, १३ असोज । गण्डकी प्रदेशमा कांग्रेस–एमाले संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी ५९ बुँदामा सार्वजनिक साझा संकल्प र नीतिगत प्रतिबद्धता भने यसअघिको बजेट एवं नीति तथा कार्यक्रममा समेटिएका बुँदा दोहोरिएका छन् ।
केन्द्रमा कांग्रेस–एमाले बीच सत्तागठबन्धनमा १७ असार मध्यरातमा भएको सहमतिबमोजिम यसअघि प्रमुख प्रतिपक्षी दल रहेको एमाले पनि यतिखेर कांग्रेस नेतृत्वको गण्डकी सरकारमा गएको छ ।
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ सोचलाई मूर्तरुप दिन संकल्पसहित उक्त नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उनले दुवै दल प्रदेशको समुन्नति र समृद्धिका लागि दृढसंकल्पित रहेको उल्लेख गरे ।
सार्वजनिक साझा संकल्प र नीतिगत प्रतिबद्धतामा नीतिगत एवं संरचनात्मक सुधार गरी सेवाप्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाउने, सार्वजनिक सेवा प्रवाह क्यासलेस, फेसलेस र पेपरलेस बनाउँदै अनलाइन प्रणालीद्वारा उपलब्ध गराउने, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागु गर्ने, प्रदेश समुन्नतिका लागि रुपान्तरणकारी कार्यक्रम तथा आयोजना, रणनीतिक महत्व तथा प्राथमिकता प्राप्त आयोजना, प्रमख हस्तक्षेपकारी योजना, क्रमागत योजनाको समग्र प्रगति तथा महत्वको पुनरावलोकन गर्दै समयमै सम्पन्न गर्न ध्यान दिने लगायत बुँदा समेटिएको छ ।
हेर्नोस् ५९ बुँदा ।।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१