गृहजिल्लामा मुख्य सचिव सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८१
Yek narayan

स्याङ्जा । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई आँधीखोला गाउँपालिकामा बधाई एवं सम्मान गरिएको छ ।

वडा ३, राष्ट्रिय मावि पुवाडाँडामा कक्षा १ देखि ७ सम्म अध्ययन गरेका र त्यसपछि वडा २ जनप्रदीप मावि, चिलाउनेबासबाट २०४१ सालमा एसएलसी उत्र्तीण अर्याललाई त्यहाँका गुरु तथा आमनागरिकले बधाईसहित सम्मान गरेका हुन् ।

पुतलीबजार ११ मा जन्म भई मामाघर आँधीखोलामा एसएलसीसम्म अध्ययन गरेका अर्यालसँगै उनकी पत्नी मायादेवीलाई गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीरकुमार पौडेल, गाउँपालिका अध्यक्ष विश्व पौडेल, उपाध्यक्ष सीता थापा, प्रजिअ सुनिता नेपाल, शिक्षक कृष्णबन्धु पौडेललगायतले स्वागत एवं सम्मान गरेका हुन् ।

२०४६ सालमा निजामती सेवामा प्रवेश गरेका अर्याल गत १३ भदौमा मुख्यसचिव बनेका हुन् । अर्यालले जिल्लाको विकास निर्माणलगायत विषयमा छलफल गर्ने उद्देश्यसहित २ दिनको कार्यतालिका बनाएर गृहजिल्ला आएका हुन् ।

उनलाई पालिका प्रवेशद्वारबाट बाजागाजासहित गाउँपालिकाको भवनमा आयोजित समारोहमा भव्य सम्मान गरिएको थियो ।

पालिकासँगै अध्ययन गरेको विद्यालय राष्ट्रिय प्रावि, जनप्रदीप मावि परिवारले समेत उनलाई सम्मान गरे ।

Related News

सम्बन्धित समाचार

  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ, कास्की आयोजनामा पर्यटकीय क्षेत्र धम्पुसमा ‘विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया भएको छ ।…

hero news full width