स्वास्थ्य सेवा प्रवाहमा स्याङ्जा अब्बल

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८१
Syagnja health

स्याङ्जा । स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल स्याङ्जा, स्वास्थ्य कार्यालय स्याङ्जा र पुतलीबजार नगरपालिकाको नतिजा सुखद देखिएको छ । गण्डकी प्रादेशमै स्याङ्जा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको प्रथम स्थान छ भने पुतलीबजार नगरपालिका तेस्रो स्थानमा रही सम्मानित भयो ।

विभिन्न ३१ स्वास्थ्य सूचक आधारमा चालु आर्थिक वर्षको प्रदेशस्तरीय समिक्षा गोष्ठीमा आयोजित सभामा स्वास्थ्य निर्देशनालयले स्याङ्जाका जिल्ला अस्पताल, स्वास्थ्य र पुतलीबजार नगरपालिकालाई सम्मान गरिएको हो ।

स्वास्थ्य सेवा प्रवाहका ३१ सूचक आधार मान्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, महानिर्देशक खिमबहादुर खड्का र सचिव डा. विनोदबिन्दु शर्माले नगरप्रमुख रेग्मीलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

स्वास्थ्य सूचकअन्तर्गत स्वास्थ्य सेवा प्रवाहमा नागरिकका पहुँच लगायत स्वास्थ्य शिविर, परिवार नियोजन, खोप कार्यक्रम, पोषण कार्यक्रम, आधारभूत स्वास्थ्य सेवा प्रवाहलगायत स्वास्थ्य प्रवाहसम्बन्धी थिए ।

ती आधारमा प्रदेशअन्तर्गत ११ जिल्लाका अस्पतालमध्ये स्याङ्जाले ९२ दशमलब २ प्रतिशत अंक छ । स्वास्थ्य कार्यालय स्याङ्जा प्रदेशका अन्य स्वास्थ्य कार्यालयमध्ये ८३ दशमलब २ अंक छ । यसैगरी, प्रदेशका ८५ पालिकामध्ये पुतलीबजार नगरपालिकाले ८२ दशमलब ३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो भएको निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • शीतला माविको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । स्याङ्जाको फेदीखोलास्थित शीतला माध्यमिक विद्यालयले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • मानव सेवामा निर्माण व्यवसायीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ । समितिले त्यहाँका…

hero news full width