पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका हालै प्रकाशित दुई कृति ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ माथि विमर्श गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालबीचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुवै पक्षले फाइदा लिन सक्ने धारणा राखे । कृतिले नेपाललाई चीन र चीनलाई नेपाल चाहिनुका कारणबारे पुस्तकमा शर्माले चर्चा गरेका बताउँदै मुल्मीले सन्तुलित कूटनीतिलाई बढावा दिनुपर्नेमा कृतिले जोड दिएको बताए ।
नेपाल अर्को सिक्किम नहोस् भन्नेमा कुरामा चिनियाँहरूको चासो रहेको उनले बताए । भारत र चीनलाई जोड्ने कडीका रूपमा नेपालले भूमिका खेल्नुपर्ने धारणा किताबमा आएको उनले चर्चा गरे ।
साहित्यकार सरस्वती प्रतीक्षाले विशाल अर्थतन्त्र भएका चीन र भारतबीचमा रहेर नेपालले कसरी आर्थिक फड्को मार्न सक्छ भन्ने सन्दर्भमा शर्माले कृतिमा चर्चा गरेका बताइन् । मध्यस्थ व्यापारको केन्द्रमा रहेर दुवै छिमेकी देशलाई जोड्ने रेलसेवा सञ्चालन गर्ने हो भने नेपालले आर्थिक विकास गर्न सक्ने विचार कृतिमा आएको उनको भनाइ थियो । नेपाल–चीन–तिब्बतको सम्बन्धमा इतिहासदेखि वर्तमानसम्मका पाटा केलाएर दुई गम्भीर किताब शर्माले लेखेको बताइन् । इतिहास लेखनको शास्त्रीय सिद्धान्तलाई अतिव्रmमण गरेर आफूलाई साहित्यको नजिक उभ्याएर लेखिएका हुनाले दुवै कृतिहरू आमपाठकका लागि पठनीय रहेको प्रतीक्षाको ठम्याइ थियो ।
लेखक शर्माले आफूले कृतिमा आफ्नो ‘भ्युज’ नभई अध्ययन र अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेको बताए । यसअघि ‘प्रयोगशाला’ लेखेका उनले सो कृतिमा दक्षिणतिर हेर्न खोजेको र यी दुई कृतिमा चाहिँ उत्तरतिर हेर्न खोजेको जानकारी दिए । लेखन सुरु गर्दा दुइटा किताब लेख्ने विचार नभए पनि लेख्दै जाँदा दुई कृति लेख्नुपर्ने विषयवस्तु आएकाले दुई कृतिका रूपमा प्रकाशन गरिएको उनले बताए । चीनलाई आम नेपाली र अनुसन्धाताका रूपमा बुझ्न खोजेको र बुझेको कुरा प्रस्तुत गरेको उनको भनाइ थियो । कतिपय विषयलाई आगामी अनुसन्धाताका लागि बाटो खोल्ने गरी छोइएको बताउँदै उनले खोज गर्नुपर्ने इतिहासदेखिका थुप्रै विषयवस्तु रहेका अनुभव सुनाए ।
¥यान्डम रिडर्स सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष केशवशरण लामिछानेले सहजीकरण गरेका थिए । लामिछानेले पोखरावरपरका पाठकका लागि रुचिकर विषय भएकाले यसपालि विमर्शका लागि शर्माका कृति छनोट गरिएको बताए ।
‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित क्रियाशील संस्थाले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१