पर्वतीय दौडमा निरोज च्याम्पियन

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८१
mountain running final Main

पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् ।

पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक सञ्चारमाध्यमले शनिबार आयोजना गरेको उक्त प्रतियोगितामा निरोजले निर्धारित ८ किमी दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।

सल्यान कुमाखका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो हुँदा पोखरा–१७ का प्रकाश थिंक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए ।

प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रालाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरियो ।

महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरिन् । यु–१६ मा पोखरा–२२ का सागर देवकोटा तथा वडास्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनीहरुलाई जनही ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । ज्येष्ठ धावक ५५ वर्षीय शिवराज बस्ताकोटी ‘शिवदाइ’ लाई मेडल प्रदान गरियो ।

विजेतालाई गण्डकीका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’, वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तुप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तुप समिति सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज मावि प्राचार्य नरनाथ बराल, कालावाङ होमस्टे अध्यक्ष यामबहादुर गुरुङ, पोखरा क्लिक अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बराललगायतले पुरस्कार प्रदान गरेका हुन् ।

चन्द्रकान्त बराल र कुसान गुरुङलाई पोखरा क्लिकको ‘विशेष सम्मान’

त्यसअघि, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले शान्ति स्तुपमा प्रतियोगिता उद्घाटन गरेका हुन् । दौड पुम्दीकोट विशाल महादेवको मूर्ति, वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको हो । धावकलाई पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए ।

सो अवसरमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘विशेष सम्मान’ गरिएको प्रतियोगिता संयोजक बरालले बताए । उनले आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धनमा उक्त प्रतियोगिता कोषेढुंगा सावित हुने अपेक्षा गरे ।

पूर्व अर्थ मन्त्री रामजी बरालले पोखरा २२ पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

नेपालसहित ३ देशका १०४ धावकले दौडका लागि नाम दर्ता गरेकोमा प्रतिकूल मौषमका कारण ७९ जनामात्र दौडिएको पोखरा क्लिक व्यवस्थापक सागर सुनारले जनाए ।

प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद ज्ञापन गरे । पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले दौडमा नर्वेका २ महिलासहित ७९ जना, ९ वर्षदेखि ५५ वर्षसम्म उमेर समूहका धावकले भाग लिएको बताए ।

कार्यक्रम संचालन सञ्चारकर्मी दीपेन्द्र पहारीले गरे ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद्लगायतको सहयोग थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • जुडो रेफ्री तथा कोच तालिम

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो…
  • पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा…
  • प्रतिभामा खेलकुद कार्यक्रम सुरु

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । प्रतिभा माविमा शनिबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत्…
  • भूतपूर्व खेलाडी मञ्चमा दिलबहादुर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च अध्यक्षमा दिलबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार १३ औं वार्षिक साधारण सभा तथा…

hero news full width