पोखरा । नेपालमा पछिल्लो ३ दिनयता लगातार परेको भारी वर्षाले ठूलो धनजनको क्षति हुन पुगेको छ । अकल्पनीय भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार रातिसम्म ८७ जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा धनजनको क्षति भएको छ । दोस्रोमा काभ्रेपलाञ्चोकमा क्षति भएको छ ।
सशस्त्र प्रहरी बल (एपिएफ) नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको जनाए । यस्तै, ३६ जना घाइते भएका छन् ।
न्यौपानेका अनुसार काठमाडौैं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
यस्तै, कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो । बेपत्ता हुनेमा कोशीमा ९, मधेश प्रदेशमा १, काठमाडौं उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् ।
उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । यस्तै, मकवानपुरमा ७, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनासहित विभिन्न जिल्लामा गरी कुल ८७ जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा २६ जना बेपत्ता छन् । पाँचथरमा ५, झापामा ४, सिन्धुपाल्चोकमा ४ सहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।
काठमाडौं उपत्यकामा बागमती, नख्खुलगायत सबै नदीमा भीषण बाढी आएको थियो । बाढीले करिडोर सडकमात्र नभई आसपासका संरचनामासमेत क्षति पु¥याएको छ । काठमाडौं उपत्यकामा शनिबार भएको वर्षाले यसअघिका वर्षाको रेकर्ड नै तोडेको छ ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१