लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेकामा आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाहित ३ जनालाई सम्मान गरेको छ ।
संघको शनिबार २८ औं वार्षिक साधारणसभा अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
१५ हजार राशिको आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित प्रधानसम्पादक बास्तोला स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत हुन् । उनी ४ दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
संघका पूर्व कार्यसमिति सदस्य सूर्यमणि लामिछानेले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको सो पुरस्कार पहिलोपल्ट बास्तोलालाई प्रदान गरिएको हो ।
संघले ज्येष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका संस्थापक अध्यक्ष रामकृष्ण कर्माचार्यलाई चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सम्मान पुरस्कार प्रदान गरेको छ । संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित उक्त पुरस्कारको राशि १ लाख १ हजार र सम्मानपत्र रहेको छ ।
यस्तै, वातावरण तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने वातावरण तथा सरसफाई पुरस्कारबाट राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पं.कमलनयन गौतम सम्मानित भए । संघका पूर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताए । उनलले असहज आर्थिक अवस्थाको मार खेपिरहेको निजी क्षेत्रलाई राजनीति, कर्मचारीतन्त्र एवं नागरिकस्तरको तर्फबाट हेर्ने दृष्टिकोण समेत नकारात्मक बनाइएको भन्दै यसले निजी क्षेत्रलाई अर्को ठूलो मार परेको बताए । अहिले व्यवसायीहरुप्रति विभिन्न किसिमका गलत आक्षेप लगाइने र धारणा बनाइने गरिएको बताउँदै निजी क्षेत्रले आफ्नो छबि सुधार्न असल व्यावसायतर्फ उन्मुख हुन जरुरी रहेको बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद दीपक कोइरालाले अबको समय आर्थिक क्रान्तिको भएको बताए ।
राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष पं.कमलनयन गौतमले आर्थिक वातावरणको दृष्टिकोणले अहिलेको अवस्था कठिन भए पनि व्यवसायीहरुले हरेस खान नहुने बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु बाबुराम गिरी, चतुराखर अधिकारी, पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, सम्पूर्ण जिल्ला÷नगर उद्योग वाणिज्य संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महिला उद्यमीतर्फबाट सावित्री भट्टराईलगायत बोलेका थिए ।
संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली र धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१