पोखरा । समुदायमा आधारित पुनस्र्थापना सेवा (सिबिआरयस), नेपालको अध्यक्षमा पुरन कुँवर निर्वाचित भएका छन् ।
संस्थाको ३१ औं वार्षिक साभारण सभा, सामाजिक परीक्षण तथा १४ औं अधिवेशनले कुँवरको नेतृत्वमा आगामी २ वर्षका लागि सर्वसम्मत् ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समिति उपाध्यक्षमा दिलीपकुमार शर्मा, महासचिव डा. चण्डिका पण्डित, सचिव मोहनमुरारी खनाल, कोषाध्यक्ष आशाकुमारी गौतम चयन भए । सदस्यमा झलकबहादुर राना, सरला दास, गोमा प्रधान र प्रदीपभक्त आचार्य छन् ।
प्रमुख अतिथि रोटरी क्लब इलेक्ट गभर्नर तथा सल्लाहकार विनोद कोइरालाले संस्थाले लामो समयदेखि निरन्तररुपमा अपाङ्गताको क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले कास्की, स्याङ्जा, र तनहुँ जिल्लाका विभिन्न ९ वडा पालिकाका ५७ वटा वडामा तथा नेपालका अन्य विभिन्न ठाउँ पुगेर करिब ३ हजार २ सय ८ जना अपाङ्गता भएका व्यक्ति र परिवारलाई सेवा गरेको सुन्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले सिबिआरयसका यस्ता पवित्र र मानव सेवामूलक कार्यत्रमा आफ्नो सधैँ सहयोग र सद्भाव रहने प्रतिबद्धता जनाए ।
कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष मोहनमुरारी खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य झलकबहादुर रानाले सञ्चालन गरेका थिए ।
महासचिव पुरन कुँवरले आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष्य आशाकुमारी गौतमले पेस गरेको आर्थिक आय र व्यय विवरण तथा आव २०८१/०८२ को अनुमानित बजेट तथा कार्यक्रम र कावा अध्यक्ष मोहनमुरारी खनालले पेस गरेको आव २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भयो । सेवाग्रहीको तर्फबाट शुक्लागण्डकी ३ का गोकर्ण कँवरले शुभकामना मन्तव्य दिए । गैसस महासंघ कास्की अध्यक्ष डा. बुद्धिबहादुर थापाले संस्थाले पीडित र सेवाबाट वञ्चितलाई सुशासन कायम राखेर निरन्तररुपामा ३१ वर्षसम्म मानवीय सेवा गरिरहेकामा खुसी व्यक्त गरे ।
निर्वाचन संयोजक अधिवक्ता भगवती पहारीले नयाँ कार्यसमितिको कार्यकाल उपलब्धिमूलक र उदाहरणीय रहोस् भन्ने शुभकामना दिइन् । कार्यक्रममा सम्बन्धित सेवाग्राही तथा सरोकारवालाबीच सामाजिक परीक्षणसमेत गरिएको थियो । सो अवसरमा कुशल परियारलाई गुड्ने कुर्ची, राहुल श्रेष्ठलाई ट्वाइलेट कुर्ची, जिना रानालाई किराना तथा चटपट पसल सञ्चालनार्थ ८ हजार र स्मृति नेपालीलाई बाख्रापालनका लागि ८ हजार सहयोग गरिएको छ ।
साथै, कर्मचारी शकुन्तला कोइरालालाई २५ वर्षे दीर्घसेवा सम्मान र भगवान् बराल तथा पूनमदेवी ढुंगानाको शुभविवाहको उपलक्ष्यमा सम्मान गरियो ।
Related News
सम्बन्धित समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१