क्यानको पोखरामा वार्षिक साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८१
Can Main

पोेखरा । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा शुक्रबार पोखरामा उद्घाटन भएको छ । लेकसाइडको माउण्ट कैलाश रिसोर्टमा भएको साधारणसभा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे ।

संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्ने भनिएको सभा मौषम खराबीका कारण चौधरी आउन सकेनन् ।

कार्यक्रममा प्रदेशका खेलकुद मन्त्री थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । उनले खेलकुुद क्षेत्रअन्तर्गत क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धि प्रशंसनी रहेको बताए । ‘क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ,’ उनले भने ।

सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाइ उनको छ । नेपालको संविधानले खेलकुुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन, २०७७ र स्थानीय कानून निर्माण भएको उनले जानकारी गराए ।

घरेलु क्रिकेटको अवस्था मजबुत बनाउन आवश्यक रहेको राखेप सदस्यसचिव टंकलाल घिसिङको भनाइ

गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालन मापदण्ड लागु गरेको बताए । खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री÷कोच÷खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । हाल ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था समेत गरेको छ । त्यसका लागि उनले खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालन कार्यविधि निर्माण चरणमा रहेको बताए ।

गण्डकी सरकारले गत वर्ष तनहुँको शुक्लागण्डकी ८, गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद््का सदस्यसचिव टंकलाल घिसिङले एनपीएलका लागि टियुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जनसँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको अवस्था मजबुत बनाउन आवश्यक रहेको भनाइ उनको छ ।

नेपाल क्रिकेट संघ महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे ।

कार्यक्रम क्यान अध्यक्ष चतुुरबहादुर चन्दको अध्यक्षतामा भएको छ ।

Related News

सम्बन्धित समाचार

  • जुडो रेफ्री तथा कोच तालिम

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा आइतबार ‘जुडो रेफ्री तथा कोच तालिम’ सम्पन्न भएको छ । पोखरा रंगशालाभित्र जुडो…
  • पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी

    आदर्श समाज सम्वाददाता असाेज २०, २०८१
    पोखरा । माछापुच्छ्रे क्रिकेट लिगअन्तर्गत शनिबारको खेलमा पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी भए । माछापुच्छे« क्रिकेट क्लब आयोजनामा लेखनाथमा…
  • प्रतिभामा खेलकुद कार्यक्रम सुरु

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । प्रतिभा माविमा शनिबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत्…
  • पर्वतीय दौडमा निरोज च्याम्पियन

    आदर्श समाज सम्वाददाता असाेज १३, २०८१
    पोखरा । प्रथम पर्वतीय दौड प्रतियोगितामा एपिएफ क्लब निरोज भट्ट क्षत्री च्याम्पियन बनेका छन् । पोखरा २२, पुम्दीभुम्दीको खेल पर्यटन…
  • भूतपूर्व खेलाडी मञ्चमा दिलबहादुर

    आदर्श समाज सम्वाददाता असाेज १२, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च अध्यक्षमा दिलबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार १३ औं वार्षिक साधारण सभा तथा…

hero news full width