प्रधानसम्पादक बास्तोलालाई आर्थिक पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज ११, २०८१
Krishna Prasad Bastola

कृष्णप्रसाद बास्तोला

लेखनाथ । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मान गरिने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य सूर्यमणि लामिछानेबाट आफ्ना मातापिता शालिकराम र पार्वतीदेवी लामिछानेको स्मृतिमा स्थापित उक्त पुरस्कार पहिलोपल्ट प्रधानसम्पादक बास्तोलालाई प्रदान गर्न लागिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा सञ्चालित उक्त पुरस्कारका लागि प्रतिभा छनोट समितिमा संघ अध्यक्ष विनोद श्रेष्ठ, संघ पूर्व अध्यक्ष बाबुराम गिरी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पुरस्कारका संस्थापक सूर्यमणि लामिछाने र लेखनाथ पत्रकार मञ्च अध्यक्ष कविराज खनाल सदस्य थिए ।

शनिबार हुने संघको २८ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उक्त पुरस्कार अर्पण गरिनेछ । पुरस्कार राशि १५ हजार ८८ रुपैयाँ, दोसल्ला र प्रमाणपत्र छ ।

४ दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील बास्तोला स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् ।

‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ भन्ने मूलमन्त्रका साथ २०५३ सालदेखि निरन्तर प्रकाशित आदर्श समाजले गण्डकी प्रदेशको आर्थिक गतिविधि अलावा पर्यटन, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयलाई प्राथमिकताका साथ समेट्दै आएको छ । पत्रकारितालाई मूल पेसा बनाएका बास्तोलाका विभिन्न साहित्यिक कृतिसमेत प्रकाशित छन् । उनी यसअघि झण्डै ४० संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित भएका छन् भने करिब २ दर्जन संस्थामा आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…
  • प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही

    रासस असाेज २१, २०८१
    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

hero news full width