पोखरा, ११ असोज । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको १६ महिनापछि बल्ल पक्राउ परेका छन् ।
भारतको नयाँ दिल्लीबाट सुरक्षा अधिकारीहरुले पक्राउ गरेको र नेपाल ल्याउने तयारी भएको छ ।
सहकारी ठगी अभियोगमा फरार प्रतिवादी नेपालीलाई लामो समयसम्म नभेटिएपछि पक्राउका लागि गत वर्ष १२ माघ इन्टरपोलमा रेड नोटिस समेत जारी भएको थियो ।
प्रहरी स्रोतका अनुसार उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय नेपाल झिकाउने तयारी भएको छ । बचतकर्ताको करिब २ अर्ब रकम अपचलन गरेकाे अभियोगमा लागेका नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए ।
तर नेपाली बेलाबेलामा फेसबुक लाइभमा आउने र आफ्नो जीउधनको सुरक्षा नभएकाले केही समय टाढा बस्नुपरेको बताउने गर्थे ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी कृत्रिम कर्जा खडा गरी मोटो रकम उठाएर हिनामिना गरेको उल्लेख छ ।
उनी गत वर्ष ५ मंसिरमा पहिलोपल्ट सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर एकै पटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको दाबीसमेत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१