मोबाइल टावरमा मोबाइल मेला

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८१
mobile tower news

पोखरा । पोखरा मोबाइल टावरले दशैँतिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको जनाएको छ । योजनाअन्तर्गत राइस कुकर, टिभीदेखि स्कुटरसम्मको उपहार रहेको मोबाइल मेला–२०८१ संयोजक बुद्धि थापाले बताए ।

जसमा प्रथमलाई ३२ इन्चकोे टिभी र द्वितीयलाई एसी कुलर, तेस्रोलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कार राइस कुकर छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आकर्षक पुरस्कार व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ ।

महेन्द्रपुलस्थित मोबाइल टावर गण्डकी प्रदेशमै विभिन्न ब्राण्डका मोबाइल सूपथ मूल्यमा सबैभन्दा ठूलो बजार हो । उक्त टावरमा हाल मोबाइलका ८० पसल सञ्चालित छन् ।

चाडपर्व बेला उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरिएको टावरका संरक्षक उदयबहादुर केसी ‘लाहुरे दाइ’ ले बताए ।

मेला व्यवस्थित गर्न बुद्धिबहादुर थापाको संयोजकत्वमा मेला समिति गठन गरिएको छ ।

गत ६ असोजदेखि सुरु मोबाइल मेला १५ पुससम्म जारी रहने संयोजक थापाले बताए । मोबाइल टावरबाट ग्राहकले सामान खरिद गरे बापत प्राप्त हुने टिकट आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने छ । बम्पर योजनाका भाग्यशाली १ जना विजेतालाई डियो स्कुटर दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width