गौरीशंकरमा सर्कल पुनर्गठन

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८१
Gauri shankar

पोखरा । हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा मञ्जु सुनारको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।

बुधबार विद्यार्थी भेलाले सर्कलको उपाध्यक्षमा लक्ष्मी भट्टराई, सचिवमा धनदेवी जिसी, कोषाध्यक्षमा मोनिता सिर्पाली तथा सहसचिवमा दलकुमार रसाइलीलाई जिम्मेवारी दिएको छ । त्यस्तै सुगम ढुंगाना, लक्ष्मी सुनार, मनिका सुनार, सन्दीपराज विक, अनु खाती र तिर्सना घर्ती मगर सदस्य छनोट भए । सर्कलको शिक्षक नायकमा सहायक प्राध्यापक बुद्धिप्रसाद बास्तोला चयन भए ।

भेलालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले स्वयंसेवा नै रेडक्रस भावना भएको जनाउँदै त्यसलाई समाजसेवीमा प्रयोग गर्नुपर्ने औँल्याए ।

शिक्षक नायक बुद्धिप्रसाद बास्तोलाले सर्कल क्रियाशील बनाउन आग्रह गर्दै सर्कलका क्रियाकलापमा क्याम्पसको साथ रहने स्पष्ट पारे ।
सर्कल अध्यक्ष सुगम ढुंगानाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सर्कल सचिव धनदेवी जिसीले संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…
  • प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही

    रासस असाेज २१, २०८१
    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

hero news full width