प्रथम पर्वतीय दौडमा १०४ धावक

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८१
d95c1568-c818-4967-81b4-33aa49f471ca (1)

पोखरा, १० असोज । पोखराको पुम्दीभुम्दीमा शनिबार हुने प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ मा १०४ जना धावकले भाग लिने भएका छन् ।

पोखरा क्लिकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालसहित बेलायत र ब्राजिलका गरी ३ राष्ट्रका ७१ पुरुष र ३३ महिला धावकले भाग लिने जनाइएको हो । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् ।

प्रतियोगिता संयोजक दीननाथ बरालले विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको बताए ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।

पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए । उनले आफ्नो गाउँठाउँमा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए । विभिन्न ९ उपसमिति गठन गरिएको दौडको पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवद्र्धक हुन् ।

पत्रकार सम्मेलनमा पत्रकार पुण्य पौडेल, गोविन्द सुवेदी, रामप्रसाद तिमिल्सिना, विनोद लामिछाने, असफल गौतम, शिवराज बस्ताकोटी, कृष्ण दवाडी, सागरराज तिमिल्सिना लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width