व्यवसायीहरुको प्रदेशस्तरीय गोष्ठी तयारी

आदर्श समाज सम्वाददाता
असाेज १०, २०८१
gosti

लेखनाथ । गण्डकी प्रदेशभित्रका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहित प्रतिनिधिको प्रदेशस्तरीय गोष्ठी लेखनाथमा बस्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ आयोेजनामा ११ असोजमा उक्त गोष्ठी हुन लागेको हो ।

गोष्ठीमा समग्र गण्डकीको पर्यटकीय सम्भावना तथा विकासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरी कार्ययोजनाबारे घोषणापत्र नै तयार गर्ने उद्देश्य राखिएको संघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, गण्डकीभित्र रहेका २४ उद्योग वाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष र महासचिव, पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पर्यटन विज्ञको सहभागिता रहने छ ।

गोष्ठीको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय गरिएको भेला आयोजक समिति संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओेझाले बताए ।

पर्यटकीय सम्भावना तथा विकाससम्बन्धी गोष्ठीमा पर्यटन विज्ञ श्रीकान्त शर्मा खतिवडाले कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त कार्यक्रमका लागि सबै संघसंस्था तथा पर्यटन विज्ञहरुलाई निमन्त्रणा तथा गोष्ठीको पूर्व तयारी सम्पन्न भइरहेको संघका महासचिव जानुका पराजुली अधिकारीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • भाउ सस्तियो, व्यापार बढ्यो

    रासस असाेज २२, २०८१
    गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुलीमार्गमा चाडपर्वलक्षित मिनी मेला सुरु भएको छ । दशैँ, तिहार, नेपाल संवत् तथा…
  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…

hero news full width