पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले चाडपर्वलक्षित विशेष छुट योजना ल्याएको जनाएको छ । बिहीबारदेखि कात्तिक महिनाभर लागु हुने योजनामा युआरएलको मुख्य कार्यालय पोखरा सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी प्राविधिकबाट स्थापनाको ११ वर्षमा करिब ८ लाखलाई यसले सेवा दिइसकेको जनाएको छ ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद पन्तले चाडपर्वका बेला सेवाग्राहीलाई उपहारमा रुपमा छुट योजना ल्याएको बताए । उनले भने, ‘स्थापनादेखि नै हामी सामाजिक उत्तरदायित्व बहन र गुणस्तरीय सेवामा प्रतिवद्ध छौं । ठूला चाडवाडका बेला युरिक एसिड निशुल्कदेखि सबै जाँचमा छुट दिँदैछौं ।’
Related News
सम्बन्धित समाचार
दशैँमा पिङको मज्जा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
शीतला माविको शुभकामना
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
hero news full width
मुख्य समाचार
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१