पोखरा । त्रिभुवन विश्वविद्यालयले करिब २३ वर्षअघिका परीक्षार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहमा त्रिविले मौका परीक्षाबारे मंगलबार गोरखापत्र दैनिकमा एक सूचनासमेत प्रकाशित गरेको छ ।
त्रिवि परीक्षा सुधार समिति अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्ग केसीको अध्यक्षतामा ७ असोजमा बसेको बैठकले मौका परीक्षा व्यवस्था निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।
जसमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीको हकमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ सालदेखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ सालदेखिका समयसीमा कटेका परीक्षार्थीलाई लक्षित गरी एकपटक मौका परीक्षाको अवसर दिइने छ । परीक्षा तालिका तथा अन्य जानकारी अर्को सूचनामा दिइने शिक्षा मन्त्रालयले स्रोतले जनायो ।
साथै जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुनेछ ।
त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने बैठकले सो निर्णय गरेको हो ।
शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउँछन् । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ । ‘विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दुरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीलाई सचेत गराउने ढङ्गबाट सूचना जारी गरिएको हो,’ उनले भने । त्रिविका परीक्षा मोबाइल, स्मार्टवाचलगायत विद्युतीय सामग्रीको प्रयोगमा पूर्णतः रोक लगाइएको भए पनि कतिपय परीक्षा केन्द्रमा परीक्षार्थीले प्रविधिको प्रयोग गरी चोरी गर्ने गरेको सूचना पाइएकाले विद्यार्थीलाई सचेत गराइएको छ ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१