माधवशरणलाई राधा–लक्ष्मी पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८१
Madhva saran Use it

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.9861111, 0.60555553); modeInfo: ; sceneMode: 8; cct_value: 5200; AI_Scene: (-1, -1); aec_lux: 73.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 38;

पोखरा । हेमजा साहित्य प्रतिष्ठनद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पंं. माधवशरण बास्तोला पुरस्कृत भएका छन् । प्रतिष्ठानले मंगलबार लक्ष्मीशरण उपाध्यायको ८७ औं स्मृतिमा एक कार्यक्रम आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो ।

पोखरा २५ का कावा अध्यक्ष धनकुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठान अध्यक्ष बलराम पौडेल, पुरस्कार संरक्षकद्वय केशवशरण पौडेल, माधवशरण पौडेल र श्यामशरण पौडेलले बास्तोलालाई संयुक्तरुपमा नगदसहित बास्तोलालाई सम्मानपत्रले सम्मान गरे । पुरस्कार राशि १५ हजार नगद, सम्मानपत्र र दोसल्ला छ ।

शिक्षा, साहित्य र धर्म, अध्यात्मको श्रीवृद्धि तथा संरक्षणमा क्रियाशील रहेर सभ्य र समुन्नत समाज निर्माणमा पु¥याएको योगदानको कदर स्वरुप सो पुरस्कारबाट बास्तोलालाई दिइएको हो । यसअघि, छन्दनायक माधव वियोगी र शिक्षासेवी चतुरमान श्रेष्ठ सम्मानित भइसकेका छन् ।

शिक्षा, साहित्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पोखरा–२५ हेमजाका लक्ष्मीशरण उपाध्यायका छोरा केशवशरण र माधवशरण पौडेलले बाबु लक्ष्मीशरण र आमा राधादेवी पौडेलका नाममा राधा–लक्ष्मी अक्षयकोष स्थापना गरेका थिए । अक्षयकोष २ लाख २५ हजारको रहेको छ । उक्त कोषमा उमाकान्त पौडेलले ५ हजार प्रदान गरी २ लाख ३० हजार पु¥याइएको छ ।

कार्यक्रममा कावा अध्यक्ष तिम्सिनाले स्व.लक्ष्मीशरण उपाध्याय हेमजाको इतिहास भएको बताउँदै उनलाई जीवन्त राख्ने काम परिवारले गरेको उल्लेख गरिन् । ‘अहिले आफ्ना बुबाआमा वृद्ध भएपछि वृद्धाश्रम लगेर राख्ने प्रचलन छ,’ उनले भनिन्, ‘बुबाआमाको सम्झनामा यो अक्षयकोषको स्थापनाले नयाँ पुस्तालाई सिक्ने अवसर मिल्ने छ ।’

पोखरा २५ का पूर्व वडाध्यक्ष शोभाकर तिमिल्सिनाले यो कार्यक्रम नयाँ पुस्ताको लागि प्रेरणा बन्ने बताए । वडा सदस्य कृष्णबहादुर कुँवरले लक्ष्मीशरण उपाध्यायले गरेका कार्यलाई पछ्याउनु पर्ने बताए ।

पुरस्कृत व्यक्तित्व माधवशरण बास्तोलाले लक्ष्मीशरण उपाध्यायले आफूलाई पनि पढाएको स्मरण गर्दै उनका योगदान समाजले कहिल्यै बिर्सन नहुने उल्लेख गरे ।

अक्षयकोषका संरक्षक केशवशरण पौडेलले बुबा र आमाको सम्झनामा राखिएको अक्षयकोषलाई बढाएर अझै फराकिलो बनाउँदै लैजाने वचन व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानको २५२ औं शुभप्रभात काव्यमालाअन्तर्गत रचनावाचन भयो ।

हेमजा साहित्य प्रतिष्ठान हेमजा अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठान पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी ऋषिराम पौडेल अक्षयकोषका संरक्षक माधवशरण पौडेल, प्रतिष्ठान उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारी, साहित्यकार वसन्त बास्तोला ‘चिन्तन’, डा. अनिल थापा, राजेन्द्र बास्तोलालगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width