नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा धर्ना

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८१
92234c43-b2e1-4764-8b0c-40247531e700

पोखरा, ६ असोज । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा आज विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियान नेपालको आह्वानमा पोखराको सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टासम्म धर्ना दिनुका साथै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

धर्नाका सहभागीहरुले महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको र पोखरा विमानस्थल संचालनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा उनै अधिकारी मुख्य दोषी रहेको ठहर गर्दै बर्खास्तीको माग गरेका थिए ।

राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय अध्यक्ष विनय यादवले आफूहरुले यसबारे विगतमा पनि विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारको ध्यानाकर्षण गराएको जनाए । उनले महानिर्देशक अधिकारी विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै उनको बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको डेढ वर्षसम्म बितिसक्दा समेत आन्तरिक उडानमै सीमित छ । केही अन्तर्राष्ट्रिय उडानमात्र चार्टर हुन सकेका थिए । आम्दानी हुन नसक्दा दिनानुदिन यो विमानस्थल आर्थिक भारमा पर्दै गएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…

hero news full width