पर्वतीय दौडमा पर्यटन व्यवसायीको साथ

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८१
Mountain Race

पोखरा । आगामी शनिबार पुम्दीभुम्दीमा हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ लाई पोखराका पर्यटन व्यवसायीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे शनिबार पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् । ती गन्तव्यको खेल पर्यटनमार्फत प्रवद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजित ८ किमीको पर्वतीय दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले बुद्ध र हिन्दू धर्मसहित दृश्यावलोकन दृष्टिले निकै मनमोहक क्षेत्रमा हुने उक्त प्रतियोगिताले खेल पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने बताए । पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङ समेत उपयुक्त गन्तव्य भएकोले पोखरा क्षेत्रका अन्य वडाहरुलाई समेत जोडेर उक्त प्रतियोगितालाई बिस्तार गर्न उनले सुझाव दिए ।

परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशतजसो पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हँुदा यस्ता खेलकुद गतिविधिले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्रतियोगितालाई बिस्तारै १० किलोमिटर हुँदै भविष्यमा हाफ म्याराथन गर्न सुझाव दिए ।

पोखरा महानगरपालिका व्यावसायिक प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा मिल्ने विश्वास लिए ।

टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा क्षेत्रकै लोभलाग्दो स्थानमा हुने उक्त प्रतियोगिताले समग्र खेल पर्यटनमा टेवा पुग्ने बताए । होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले प्रतियोगिता सफल पार्न आफूहरूले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिइन् ।

रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले प्रतियोगितामा युवा खेलाडीलाई बढी समेट्न सुझाव दिए । ओटेफ अध्यक्ष उमा रेग्मी भण्डारीले धार्मिक पर्यटनको केन्द्र पुम्दीभुम्दीमा हुने पर्वतीय दौडले खेल पर्यटनको प्रबद्र्धन हुने विश्वाश व्यक्त गरिन् ।

प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेलले पोखराका विभिन्न पर्यटकीय गतिविधिमा पर्यटन व्यवसायीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।

पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउने उद्देश्यले विश्व पर्यटन दिवस अवसरमा पहिलोपल्ट प्रतियोगिता आयोजना गरेको पोखरा क्लिक प्रालिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले बताए । ८ किमीको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ ।

१२ असोजमा हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महिला धावक, १६ वर्षमुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • मनाङमा पर्यटक चहलपहल बढ्यो

    रासस असाेज १८, २०८१
    मनाङ, १८ असोज । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मंगलबार मात्रै २ सय ८६…
  • पर्यटनको राजधानी प्रवर्द्धनमा गुरुयोजना बन्दै

    कविराज खनाल असाेज १२, २०८१
    लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहितको प्रतिनिधि सम्मिलित ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’…
  • रिन्जे नाँसामा घरबास प्रवर्द्धन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । ४५ औं विश्व पर्यटन दिवस अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ…

hero news full width