गण्डकी विश्वविद्यालयमा हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८१
Gandaki university Kabiraj

लेखनाथ । गण्डकी विश्वविद्यालयमा नेपाल फर्मास्युटिकल एसोसिएसन गण्डकी प्रदेशको आयोजना र विश्व फार्मासिष्ट दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फर्मासिष्ट हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
प्रतियोगितामा पोखरा विश्वविद्यालयको समूह ‘क’ प्रथम भयो । पोखरा विश्वविद्यालयकै समूह ‘ख’ दोस्रो र गण्डकी विश्वविद्यालयको समूह ‘ख’ तृतीय भए ।

विजयीले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुका साथै विजेता पोखरा विश्वविद्यालयले यो वर्षको रनिङ सिल्ड आफ्नो नाममा पार्न सफल भएको छ ।

विश्वविद्यालयमा औषधी विज्ञानमा स्नातक तह अध्ययन गर्दै गरेका ४ वटा विश्वविद्यालय पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको गण्डकी मेडिकल कलेज, पूर्वाञ्चल विश्वविद्यालयको नोवेल एकेडेमीसहित ७ वटा समूह सहभागिता र जिपासटी चोक फर्मा प्रालि द साइन्स हाउस मेडि टच स्कीन एण्ड हायर क्लिकको आर्थिक सहयोग थियो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले फार्मेसी पेसा अझ मर्यादित गर्दै फार्मासिष्टको हकहित र संरक्षणमा नेपाल फर्मास्यूटिकल एसोसिएसन सधैँ प्रतिबद्ध रहेको बताए ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिला, गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (जिपाष्ट) कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी, नेपाल फार्मेसी परिषद्का सदस्य अमृत थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम संयोजक वरिष्ठ फर्मासिस्ट प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उनले एसोसिएसनले पेसाको हकहितका लागि धेरै मिहिनेत गरिरहेको र आगामी दिनमा पनि यस्तै कार्यक्रम ल्याउने बताए । संस्थाका प्रदेश उपाध्यक्ष नवराज बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरे ।

एसोसिएसन इतिहासबारे संस्थाका सदस्य अमृता अधिकारीले प्रस्ट पारिन् । कार्यक्रम सञ्चालन सचिव विजय त्रिपाठी र कार्यक्रम संयोजक सदस्य युवराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width