पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले संस्था एवं व्यक्ति गरी ८५ जनालाई शैक्षिक सम्मान प्रदान गरेको छ । राष्ट्रिय शिक्षा दिवस अवसरमा पालिकास्थित शिक्षा शाखाले उत्कृष्ट शिक्षक, विद्यालय, कर्मचारी एवं विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा लक्ष्मी आधारभूत विद्यालय, विद्यार्थीतर्फ सिर्जना माविका प्रवीण कुँवर, जनसेवा आधारभूत, महेन्द्र आधारभूत, उल्लेरी आधारभूत विद्यालय छन् । त्यस्तैगरी, कक्षा १ देखि १० सम्मका विद्यालयतर्फबाट अभियान मेमोरियल, कक्षा (१–१२) तर्फ माछापुच्छे« मावि सम्मानित भए ।
सोही अवसरमा कक्षा ८ मा ४ जिपिए ल्याउने ४ जना, सामुदायिक तथा संस्थागत विद्यालयतर्फ एसइईमा उत्कृष्ट अंक ल्याउने ५ जना तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीलाई पनि सम्मान गरियो ।
एसइईमा उत्कृष्ट जिपिए ल्याउने सिर्जना माध्यमिक तथा संस्थागततर्फ उत्कृष्ट जिपिए ल्याउने मोर्निङस्टार माध्यमिक विद्यालय पनि पुरस्कृत भए ।
प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले प्राविधिक शिक्षामा जोड दिँदै इमानदारपूर्वक सेवामा लाग्न शिक्षकलाई सुझाव दिए ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, जिविसका पूर्व सभापति पुण्यप्रसाद पौडेल, पूर्व अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, विव्यस महासंघका भरतबहादुर केसी, गाउँपालिका प्रवक्ता भरतमान् गुरुङ, सामाजिक विकास समितिका संयोजक तुलसीप्रसाद अधिकारी, शिक्षा अनुगमन समिति सदस्य मनपति भण्डारी, शिक्षासेवी विष्णुप्रसाद अधिकारी, शिक्षक संघका दयाराज पौडेल, माछापुच्छे« माविका प्रअ घनश्याम पौडेल लगायतले भनाइ राखे ।
कार्यक्रमबीच कम्तीमा २५ वर्ष शिक्षण गरेका २९ शिक्षकलाई ‘दीर्घसेवा’ बाट सम्मान गरियो ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण २ का अध्यक्ष पिताम्वर भण्डारीले स्वागत र शिक्षा शाखा प्रमुख बलराम भुगाईंले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१