लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको लगानी सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा हुनुपर्नेमा जोड दिएका छन् । उनले शिक्षामा गरेको लगानी खेर गएको टिप्पणी गरे । लमजुङ अस्पतालमा सघन उपचार कक्ष (आइसियु) को शनिबार उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले भने, ‘हिजो यौटामात्र विश्वविद्यालय थियो आज ११ वटा छन् । ती विश्वविद्यालय थप भएर के उपलब्धि भयो भन्ने एकिन नहुँदासम्म शिक्षाको भन्दा स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्छ ।’
आफू मुख्यमन्त्री हुँदा बनाउन सुरु गरेको स्वास्थ्य विधेयक अहिले अलपत्र अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले नागरिकको उपचार पाउने अधिकार सुरक्षित गर्नु सरकारको कत्र्तव्य भएको बताए । मुख्यमन्त्री भएको बेलामा स्वास्थ्य क्षेत्रमा थालेका कामको स्मरण गर्दै १५ शैयाको अस्पताल स्थानीय सरकारको र २५ देखि २ सय शैयासम्मको अस्पताल प्रदेश सरकारको हुने गरी सञ्चालन गर्नुपर्छ भन्ने धारणाका साथ काम अघि बढाएको तर त्यही मौकामा आफू नेतृत्वको सरकार ढलेको उल्लेख गरे ।
यौटा सर्जन डाक्टर हुन १ करोड खर्चेर पढेको हुन्छ भने उसको तबल कम्तीमा ३ लाख हुनुपर्ने र सामान्य एमडीको तलब आजका शाखा अधिकृतको भन्दा दोब्बर अर्थात् कम्तीमा १ लाख हुन आवश्यक रहेको बताए । त्यसैअनुरुप अन्य स्वास्थ्यकर्मीले सुविधा पाउनु पर्ने उनको तर्क थियो ।
लमजुङ अस्पतालमा ट्रमा सेन्टर, दोस्रो श्रेणीको एम्बुलेन्स सेवा, शव वाहनको प्रबन्ध जस्ता कुरामा आफ्नो ध्यान गएको मन्त्री गुरुङले उल्लेख गरे ।
सो अवसरमा संविधान सभा सदस्य जमिन्द्रमान घलेले अस्पतालमा अर्को विशिष्ट सेवा सञ्चालनमा आएको भन्दै जिल्लावासीका लागि खुशीको कुरा हो भने ।
लमजुङ अस्पताल व्यवस्थापन समिति अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस प्रमुख पूर्णबहादुर गुरुङ, प्रजिअ बुद्धबहादुर गुरुङ, नेपाली कांग्रेस उपसभापति श्रीकान्त घिमिरे, एमालेका उपाध्यक्ष जीतबहादुर गुरुङ, माओवादी केन्द्रका जिल्ला सचिव सुनिल अटल, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरे ।
अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले अस्पतालले दिँदै आएको सेवा, समस्या र चुनौतिका बारेमा प्रकाश पारेका थिए । गत १८ वैशादेखि सञ्चालित आइसियु कक्षबाट २ सय १८ जनालाई सेवा दिइसकेको उनले बताए ।
कार्यक्रम सञ्चालन लमजुङ अस्पताल व्यवस्थापन समिति सदस्य दीपक बरालले गरेका थिए ।
उनले शनिबार नै एमाले लमजुङको भेलालाई पनि सम्बोधन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा पिङको मज्जा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१