पोखरा । पोखरा २६ मा रहेको अल्फा एकेडेमीमा रहेको अल्फा बाल क्लबको तेस्रो भेलाले जुनू रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लब उपाध्यक्षमा विश्वास ढकाल र प्रशंसा शर्मा, सचिव प्रिसी त्रिपाठी, सहसचिव समीर सुनार र कोषाध्यक्ष दीया बास्तोला चयन भए ।
२३ सदस्यीय कार्यसमितिमा प्रतीक गुरुङ, अङ्किता ढुङ्गाना, रश्मि सुनार, अदिती पौडेल, दीपिका ढुङ्गाना, अर्पण भण्डारी, सन्ध्या सुनार, सुशान्त भुजेल, स्मारिका सुनार, कृशल तिवारी, प्रिन्स परियार, सञ्जोग रानामगर, सम्पन्न चापागाईँ, प्रिन्स रानाभाट, मन्सु परियार, आविष्का ढुङ्गाना र राजीव सुनार छन् ।
क्लबले भित्तेपत्रिका प्रकशन, साहित्यिक कार्यक्रम, खेलकुद तथा सरसफाइका कार्यक्रम, नेतृत्व विकासका तालिम एवं पठन संस्कृति विकासलगायतका गतिविधि सञ्चालन गर्ने क्लबका संरक्षक एवं विद्यालयका शैक्षिक प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । नयाँ कार्यसमिति चयन भएसँगै बसेको क्लबको पहिलो बैठकले शिक्षक राजु सुनार, शकुन्तला लम्साल र सफल रानाभाटलाई सल्लाहकारका रूपमा चयन गरेको छ ।
क्लबले दशैँ बिदाअगाडि नै भित्तेपत्रिका प्रकाशन गर्ने निर्णय पनि क्लबको पहिलो बैठकले गरेको क्लबकी सचिव प्रिसी त्रिपाठीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१