क्लबस्तरीय भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८१
DCIM100GOPROGOPR3063.JPG

DCIM100GOPROGOPR3063.JPG

पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्र आयोजनामा आठौं संस्करणको खुला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

संस्थाको आठौं वार्षिकोत्सव अवसरमा पोखरा ३, नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा यही ९–१३, असोजमा प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक मनोज खड्काले जानकारी दिए ।

पुरुषतर्फ विजेताले १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवै विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं, आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए । पुरुषतर्फ खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट आधारमा हुनेछ ।

प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।

२०७३ सालमा स्थापित केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ । केन्द्रले मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि गत वर्ष १ लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

ए–फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेस सहआयोजनामा हुने प्रतियोगितामा छन्त्याल ब्रदर्श विशेष सहयोगी छ ।

अघिल्लो वर्ष पुरुषतर्फ गल्कोट स्पोर्ट क्लब र महिलामा धादिङ स्पोर्ट क्लब विजयी भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width