स्याङ्जामा मनाइयो शिक्षा दिवस

आदर्श समाज सम्वाददाता
असाेज ३, २०८१
syangja Main

स्याङ्जा । स्याङ्जामा बुधबार विविध कार्यक्रम गरी शिक्षा दिवस मनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको आयोजनामा भएको समारोह उद्घाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तीले शिक्षा आर्जनबाट कोही पनि वञ्चित हुन नहुने बताए । शिक्षाबिना सबै अपूर्ण रहने जनाउँदै संस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेको उनले आंैल्याए ।

शिक्षामा राज्यको लगानी बमोजिम अभिभावक, शिक्षक, बालबालिका लगायत सरोकारवालाले इमान्दारितापूर्वक आ आफना जिम्मेवारी र कर्तब्य पुरा गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल शिक्षक संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, आँधीखोला गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा, नेपाल शिक्षक महासंघका कावा अध्यक्ष बन्दना लम्साल, नेपाल शिक्षक संघ अध्यक्ष पशुपति पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन हिमलाल ढकाल, प्याब्सनका अध्यक्ष मेघराज गैह्रे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष अमृत खनाल, माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष गोविन्द बास्तोला, पूर्णामृत भवानी माविका प्रधानाध्यापक दीपक लम्साल, आदर्श माविमा शिक्षक पिताम्बर पौडेल लगायतले शिक्षाको आवश्यकता र पठन संस्कृतिका बारेमा जोड दिँदै सरकारी र संस्थागत विद्यालयको दुरी कम गराउँदै गुणस्तरीय शिक्षामा जोड दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले स्याङ्जाको शेैक्षिक उपलब्धिका बारेमा जानकारी गराए । कार्यक्रमको सहजीकरण शिक्षा शाखा अधिकृत सुरेश सुवेदीले गरेका थिए ।

कार्यक्रममा यस वर्ष एसइईमा उत्कृष्ट ४ जीपीए ल्याएका पुतलीबजार नगरपालिकास्थित त्रिभुवन आदर्श माविका सुशान्त मरासिनीलगायत झण्डै २ दर्जन भन्दा बढी ब्यक्ति तथा विद्यालयलाई सम्मान गरिएको छ ।

शिक्षा विकास तथा समन्वय विकास इकाइका प्राविधिक सहायक सुमित गैह्रेलाई यस वर्षको उत्कृष्ट कर्मचारी रुपमा सम्मान गरिएको छ ।

एसइईमा जिल्लास्तरमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा पूर्णामृत भवानी मावि वालिङ, प्रघुम्न पनेरु मावि आँधीखोला, जनकल्याण मावि र जनज्योति मावि चापाकोट, जन मावि अर्जुनचौेपारीमा अध्यापनरत् अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक शिक्षकलाई सम्मान गरिएको छ ।

यसैगरी, संस्थागततर्फ पिसजोन एकेडेमी वालिङका अंग्रेजी शिक्षक र नेपाल आदर्श मावि वालिङका नेपाली, गणित, विज्ञान र सामाजिक शिक्षकलाई पनि सम्मान गरिएको हो ।

पेशागत समर्पण र लगनशीलता आधारमा माध्यमिक तहतर्फ गंगालाल माविका शिक्षक खेमराज भट्टराई, निम्न माध्यमिकतर्फ राष्ट्रिय माविका लोकराज कोइराला, प्राथमिक तहतर्फका सिर्सेकोट देउरालीका शिक्षक गौमती गुरुङ र पुण्यशिला आविका शिक्षक बन्दना लम्साललाई सम्मान गरियो ।

एसइईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ सिद्धार्थ मावि फेदिखोला, जनता मावि कालीगण्डकी, जनज्योति मावि चापाकोटलाई सम्मान गरिएको छ ।

संस्थागततर्फ नेपाल आदर्श मावि वालिङ पिसजोन एजुकेशनल एकेडेकी र सगरमाथा आमाविलाई सम्मान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै