पोखरा । पोखरा विश्वविद्यालय स्कुल अफ बिजनसले यस वर्ष देशभरमै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ लाख ५० हजार राशिको उक्त पुरस्कार स्कुल अफ बिजेनसका निर्देशक डा. श्रृजन ज्ञवालीलाई हस्तान्तरण गरे । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल लगायत उपस्थित थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरे ।
यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र निजी क्याम्पसमध्येबाट काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले जनही २ लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद ३ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।
काठमाडौंको विश्वनिकेतन माविले द्वितीय स्थान हासिल गर्दै २ लाख, तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले १ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाए ।
यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौं टोखा–८ स्थित फलोसेन्ट माविले ३ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ । द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडांैले २ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौंकै बूढानीलकण्ठले १ लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगंगा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौंलाई १ लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ । ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो ।
समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको छ । ती दुवैलाई जनही २ लाखसहित प्रमाणपत्र प्रदान गरियो ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१