स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

आदर्श समाज सम्वाददाता
असाेज १, २०८१
family planning jpg

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् ।

विशेष कामका लागि पोखरामा आएका मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले परिवार नियोजन संघका सेवा बारेमा जानकारी लिए ।

मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गरे । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गरे ।

संघले सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, पुरुष बन्ध्याकरण, यौनजन्य रोग सम्बन्धि उपचार तथा परामर्श, एचआइभी परिक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण लगायत सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width