पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय सार्न के कुराले व्यवधान आयो ?,’ उनले भने, ‘तत्कालै नयाँ भवनबाट कार्यालय चलाउनुपर्यो ।’
साविक लाहाचोक गाविस कार्यालय भवनबाट सञ्चालन भइरहेको गाउँपालिकालाई भवन साँघुरो भएपछि नयाँ कार्यालय निर्माण गरिएको हो । २०७८ फागुन १६ गते सम्पन्न गर्नुपर्ने शर्तसहित नयाँ बाटो/जिएस इन्जिनियरिङ जेभीसँग २०७७ भदौ १५ गते ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि म्याद थप भयो । अन्तिम पटक थपिएको म्याद यही असार मसान्तमा सकिएको छ । तर, भवनको काम ९० प्रतिशत मात्रै पूरा भएको छ ।
भवन बनाउन जिल्ला समन्वय समितिले २ करोड सहयोग गरेको छ भने प्रदेश सरकारले ५० लाख दिएको छ । बाँकी पालिकाले लगानी गरेको हो । विद्युतीय भ¥याङ (लिफ्ट) सहित तीनतले भवनमा ३९ कोठा बनेका छन् । त्यसबाहेक २ सय जना क्षमताको सभाहल बनिसकेको छ । रंगरोगन गरेर चिरिच्याट्ट पारिएको भवन ठेकेदारको करचुक्ता समस्याले प्रयोगविहीन छ । अहिले भवनमा लेउ लागेर कुरुप भैसकेको छ । ‘पालिकाको नयाँ भवनमा लेउ लागेको छ । पुरानो भवन साँघुरो छ,’ घाचोकका गोपाल पोखरेल भन्छन्, ‘के कुरामा समस्या आएको हो ? सर्वपक्षीय भेला राखेर समस्या समाधान गर्नुप¥यो । सर्नै नपाई नयाँ भवन थोत्रिने भयो ।’
गाउँपालिका उपाध्यक्ष सीता अधिकारी ठेकेदार कम्पनीको समस्याका कारण भवनमा सर्न नपाएको बताउँछिन् । ‘भन्न पनि शरम भयो । सबै राजनीतिक दलले पहल गर्नुपर्ने अवस्था छ । ठेकेदारलाई भुक्तानी लिन आउनु भन्यो, कर चुक्ता नभएर भुक्तानी लिन आएनन् । भुक्तानी नदिएसम्म सर्न पाइँदैन,’ उनले भनिन्, ‘पालिकाको टोली ठेकेदारलाई भेट्न जाँदा भेट्न सकिएन । उनीहरुको कम्पनीको समस्याले सर्न पाइएन ।’ भवन निर्माण समस्यासँगै सडकको पहुँचमार्गमा पनि समस्या रहेको उनले बताइन् । ‘भवन बनाउनु अघि बाटोबारे सोचिएको रहेनछ । अहिले भवन ठडिएको छ, त्यहाँ जाने बाटो छैन,’ उनी भन्छिन्, ‘बीचैमा धान रोप्नुभएको छ । मिलाउनुभन्दा आकाशीय मूल्य भन्नुहुन्छ । सरकारले सरकारी मूल्यभन्दा बढी तिर्न मिल्दैन ।’
साविक लाहाचोक गाविस कार्यालय भवनबाट सञ्चालन भइरहेको गाउँपालिकालाई भवन साँघुरो भएपछि नयाँ कार्यालय निर्माण गरिएको हो ।
१० रोपनी क्षेत्रफलमा ६ करोड ६२ लाख लागतमा ठेक्का दिइएको हो । ठेकेदार कम्पनीसँग बुझ्न खोज्दा प्रतिनिधि डम्मर ढकालसँग सम्पर्क हुन सकेन । ‘ठेकेदारले हप्तैपिच्छे नम्बर फेर्छन् । सम्पर्क गर्ने बाटै छैन,’ पालिकाका इन्जिनियर चोलाकान्त रेग्मीले भने, ‘कालोसूचीमा हाल्न पनि ९० प्रतिशत काम भएपछि नमिल्ने रहेछ । साह्रै सकसमा परेका छौं । उच्चस्तरीय पहलबाट मात्रै समस्या समाधान हुने देखियो ।’ पालिकाको सार्वजनिक सुनुवाइमा नागरिकहरुले पालिका भवन सर्नेदेखि १५ शैय्याको अस्पताल निर्माणमा भएको ढिलाइसम्मका समस्या उठाए ।
अर्का स्थानीय केशव रेग्मी पालिकाबाट भुक्तानी लिन निकै सास्ती व्यहोर्नुपरेको गुनासो गर्छन् । ‘पालिकाबाट अनुदानको रकम लिन ४ महिना धाएँ, सबै कागजात भए पनि भुक्तानी पाइनँ,’ उनले भने, ‘यस्तो झन्झटिलो व्यवस्थाले जनतामा निराशा छ । भएभरको काम छोडेर किसान केही हजार पैसाका लागि वर्षैभरी धाउन सक्दैनन् । आगामी दिनमा सुधारहोस् ।’
जवाफमा प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले नियतवश कसैलाई दुख दिने काम पालिकाबाट नभएको दाबी गरे । ‘हाम्रा कर्मचारीले नियतवश दुख दिएका छैनन् । सरकारी काम गर्दा आवश्यक पर्ने कागजात पुगेपछि भुक्तानीमा समस्या हुँदैन,’ उनले भने, ‘कमजोरी कतै भएको रहेछ भने आगामी दिनमा दोहोरिँदैन ।’
अधिकांश सहभागीले एन्फा टेक्निकल सेन्टर निर्माणका विषयमा जिज्ञासा राखेका थिए । जवाफ दिँदै पालिका अध्यक्ष मीनबहादुर गुरुङले पालिकाको पहलबाट सम्भव नभएपछि अदालत गुहारेको बताए । ‘मुद्दा अदालतमा छ । अब अदालतबाटै टुंगिन्छ,’ उनले भने, ‘एन्फाको नेतृत्वले टार्ने काम मात्रै गरेका छन् । यसको जवाफ अब अदालतबाट खोज्छौं ।’ पालिकाले एन्फाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरेको छ । अदालतले एकेडेमी निर्माणबारे सक्कल फाइल मगाएको छ ।
पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा पालिकाको गत आर्थिक वर्ष सम्पादन भएका सेवा प्रवाह र विकास निर्माणबारे प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रस्तुति राखेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१