पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ ।
नेपाल मगर संघ कास्की तथा हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा सोमबार भएको २०औं स्मृति दिवस समारोहका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।
समारोह उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापा मगरले राष्ट्रियताको पक्षमा हेमबहादुरले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै आफ्नो जातीय उत्थानका लागि ठूलो मेहनत गरेको औँल्याइन् । उनले मगर जाति÷समुदाय फुटको संघारमा पुगेकोतर्फ सचेत गराउँदै मगर एकतामा जोड दिइन् । मगर समुदायलाई राजनीतिप्रति कम चासो भएको समुदायका रुपमा हेरिनु दुभाग्यपूर्ण भएको धारणा राख्दै उपसभामुख थापा मगरले हरेक नागरिकले राजनीतिक तथा आलोचनात्मक चेत राख्नुपर्ने स्पष्ट पारिन् ।
पूर्व मन्त्री समेत रहेका हेमबहादुर पुन स्मृति प्रतिष्ठानका संरक्षक उत्तमबहादुर पुन मगरले प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरामा राख्ने तयारी भइरहेको जनाउँदै संस्थालाई जीवन्त बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । संस्था खोल्न सजिलो छ, दिगो संचालन गर्न कठिन छ भन्दै संरक्षक उत्तमबहादुरले संस्था पार्टीबाट संचालित प्रतिष्ठान जस्तो सीमित नबन्ने उल्लेख गरे ।
नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा मगरले नेपालमा हुने गरेका क्रान्तिको नेतृत्व मगर समुदायले गर्ने गरेको उदाहरण पेस गर्दै बडुवाको चिन्ता नमानी एकोरोहो राष्ट्र सेवा गर्ने सज्जन नागरिकका रुपमा हेमबहादुरलाई चिनाए । नेपालको सिंगो परिवर्तनमा हेमबहादुरको भूमिका अतुलनीय रहेको उनको ठहर छ ।
त्यस अवसरमा नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुन, मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुन मगर, मगर संघ गण्डकी अध्यक्ष तारा थापामगर, मगर संघ कास्की अध्यक्ष रामबहादुर थापा मगर लगायतले स्व. हेमबहादुर पुन मगरको व्यक्तित्वबारे प्रकाश पारे । उनीहरुले हेमबहादुर निडर, साहसी, स्पष्ट स्वभावको व्यक्तित्व रहेको स्मरण गर्दै उनी मगर समुदायको गौरव तथा मगर भाषालाई माया गर्ने सष्टा रहेको जनाए । उनले मगर हक अधिकारका लागि एकजुट हुनुपर्दछ भनेर अभियान चलाएको स्मरण गर्दै वक्ताले बेलायती सेना छाडी राष्ट्रियताले उनी नेपाली सेनामा भर्ति भई देश सेवा गरेको स्पष्ट पारे ।
कार्यक्रमबीच हेमबहादुरको जीवनीसँग सम्बन्धित पुस्तक ‘जीउँदो इतिहास’ का लेखक बालकृष्ण काउछा मगरलाई दोसल्लासहित सम्मान गरियो । कार्यक्रममा जिल्लास्थित विभिन्न इकाइ समितिका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिष्ठान महासचिव मेकबहादुर पुन मगर (मेजन) ले हेमबहादुरको जीवनीबारे प्रकाश पार्दै २००७ सालमा प्रजातन्त्र स्थापनामा उनले भूमिका खेलेको जनाए । बेलायती सेनामा छँदा दोस्रो विश्वयुद्धका योद्धाका रुपमा उनलाई चिनाउँदै मेजनले अब स्व. हेमबहादुरको सालिक निर्माण गर्नुपर्ने औँल्याए ।
विसं १९७५ वैशाख ६ मा म्यादीको तत्कालीन शिख गाविस ३ (हाल अन्नपूर्ण गाउँपालिका) स्वातमा हेमबहादुरको जन्म भएको हो । सुरुमा उनी बेलायती सेनामा भर्ती भएका थिए । बेलायती सेना छाडेर पछि तत्कालीन शाही नेपाली सेनाको अधिकृत भई मातृभूमिको सेवा गरे ।
विसं २०१२ सालमा तत्कालीन श्री ५ को सरकारले सेनामा रहेकालाई प्रहरीतर्फ तथा प्रहरीतर्फ रहेकालाई सेनातर्फ जान सकिने नियम ल्याएपश्चात् उनी प्रहरीमा स्थानान्तरण भई इन्स्पेक्टरको पदभार सम्हालेको इतिहास छ ।
हेमबहादुर पुन स्मृति प्रतिष्ठान अध्यक्ष संगीता पुन मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मगर संघ कास्की अध्यक्ष रामबहादुर थापा मगरले स्वागत र मगर संघ कास्की सचिव लालबहादुर रानामगरले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१