भागवत् वाचन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८१
radhakrishna jpg

लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

भक्ति गोविन्द भागवत्श्री अध्ययन प्रतिष्ठानद्वारा गण्डकी प्रदेशस्तरीय वैदिक गुरुकुल संस्कृत मावि तहको भागवत वाचन प्रतियोगिता र भागवत कथा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको उज्ज्वल अधिकारीले प्रथम स्थान हासिल गरे । राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय पोखरा, ३२, कास्कीका सन्दीप सापकोटाले द्वितीय, परमानन्द संस्कृत गुरुकुल, देवघाट, तनहुँले तृतीय र पोखरा चिसाखोला वेद विद्याश्रमका हरि आर्यालले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

उनीहरुलाई क्रमशः १७ हजार, १२ हजार, आठ हजार र छ हजारसहित प्रमाण–पत्र, भागवत, रामनामी प्रदान गरियो । सहभागी विद्यार्थीलाई प्रमाणपत्र, रामनामी र भाडा खर्च दिइयो ।

कार्यक्रम उद्घाटन गर्दै मुकुन्दशरण उपाध्यायले हाल भागवत्को तात्विक रहस्य नबुझेर आर्थिक लोभमा भागवत्लाई मागी खाने साधनका रुपमा प्रयोग गरेको टिप्पणी गरे ।

केदारेश्वर मणि महादेवका पीठाधीश चिद्घन चैतन्यले बाटो घाटो, पुल, विद्यालय तथा अन्य भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउन भागवत्लाई प्रयोग गरिनु पर्ने धारणा राख्दै भागवत् व्यापारीकरण हँुदै गएको बताए ।

ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले ऐश्वर्य, ज्ञान, सिप र आत्मिक मोक्ष प्राप्तिको साधन भागवत् हो भने ।

भक्ति पाध्या अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रामजी बादल स्मृति प्रतिष्ठानकी संस्थापक अध्यक्ष चन्द्रवती पौडेल, पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पौडेल, राधाकृष्ण मन्दिर, शान्ति आश्रमका सहअध्यक्ष गणेशबहादुर खत्री, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी, संस्थाका सल्लाहकार माधवशरण उपाध्याय लगायतले भागवत्को महत्वबारे बोलेका थिए ।

विन्ध्यवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मी, प्रा. भोलानारायण रेग्मी, विद्वान् दामोदर गौतम निर्णायकमण्डल रुपमा थिए । सो कार्यक्रमको संयोजन राधाकृष्ण गुरुकुलका प्रअ प्रकाश उपाध्याय र सञ्चालन सचिव रामचन्द्र सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै