पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो ।
नृत्य प्रतियोगितामा कक्षा १ बाट आरुश दाहालको समूहले पहिलो स्थान प्राप्त गर्दा प्रज्ञा सापकोटा र सहना शाही दोस्रो र सचिता सुवेदीको समूह तेस्रो भयो । कक्षा २ बाट शासम र ओशनी गुरुङको जोडी पहिलो, रानी थापा र प्रभास सुनारको जोडी दोस्रो र आरुसी भुजेलको समूह तेस्रो भयो ।
कक्षा ३ तर्फ पहिलो रिवास थापाको समूह हुँदा खुशी प्रजाको समूह दोस्रो र आयान गुरुङको समूहले तेस्रो स्थान प्राप्त ग¥यो । कक्षा ४ तर्फ बन्दना बालकोटी, विधाता पराजुली र एरिका पौडेल र विध्रिका पण्डितको जोडी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । कक्षा ५ बाट रितिसा आचार्यको समूह, रिहाना त्रिपाठीको समूह र ग्रिस्मा भुसाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएको विद्यालयले जनाएको छ ।
गायनतर्फ कक्षा २ र ३ बाट अभियाना पौडेल पहिलो दिपसन लामिछाने दोस्रो र रितिनराज रेग्मी र प्रनभ त्रिपाठी तेस्रो भए । कक्षा ४ र ५ बाट अविन त्रिपाठी, आरभ जिसी र प्रिन्सा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
उनीहरुलाई विद्यालयका वित्त निर्देशक विश्वगोपाल पराजुली, सहप्राचार्य प्रदीप खनाल, बुद्धिमोहन पौडेल, अपरेसन इञ्चार्ज तारा केसी, को–अर्डिनेटर भगवती सुवेदी, पद्मा पराजुली, निर्मला सुवेदी लगायतले पुरस्कृत गरे ।
प्राचार्य किरण सापकोटाले स्वागत मन्तव्य दिँदै प्रतिभा माविमा अध्ययनरत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको बताए । विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेको पनि उनले बताए ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१