पोखरा फोटोग्राफर संघमा भक्त

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८१
photographer Main

पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मीपति पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सिना र सदस्यमा प्रकाश पौडेल, विनय श्रेष्ठ, राजु तिमिल्सेना र रीता बराल पौडेल चयन भए ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका हुन् । उनले ‘फोकस’ बुलेटिनसमेत विमोचन गर्दै एक सामाजिक संस्थाले समाजको विकासमा खेल्ने अतुलनीय भूमिकाबारे चर्चा गरेका थिए । भट्टले फोटोग्राफरले समयसँगै फड्को मार्दै आफ्नो व्यवसायमा उन्नति गरेको र केही भए पनि रोजगारी सिर्जना गरेकोमा धन्यवाद दिए ।

प्रदेश प्रमुख भट्टले उत्कृष्ट फोटोग्राफर चयन गर्दै अवार्ड प्रदान गरी व्यावसायिक रुपमा संस्था अघि बढेको थाहा पाउँदा खुशी लागेको बताए ।

फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कँडेलले पोखरा फोटोग्राफर संघले जिल्ला, प्रदेश हँंदै महासंघ बनाउन अतुलनीय पहल गरेको बताउँदै सो कार्यको प्रशंसा गरे । फोटोग्राफर संघ गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेलले पोखरा फोटोग्राफर संघले नै संस्थागत विकासमा फोटोग्राफरलाई लगाउने काम ४३ वर्षअघि देखि पोखराबाटै सुरु भएको स्मरण गर्दै देशकै अब्वल संस्थाको रुपमा पोखरा फोटोग्राफर संघ चिनिएको बताए ।

कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारीका अध्यक्ष खडानन्द अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल फोटोग्राफर महासंघ, चितवन, कपिलबस्तु, कैलाली, बागलुड., पर्वत, स्याङ्जा लगायत विभिन्न जिल्लाहरुका फोटोग्राफर संघका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पोखरा फोटोग्राफर संघद्वारा सञ्चालित बागलुङका वरिष्ठ फोटोग्राफर मुकुन्द शाक्यलाई अशोक लाइफटाइम एचिभमेन्ट फोटोग्राफी अवार्डद्वारा सम्मान गरियो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड बागलुङका मुकुन्दलाई प्रदान

पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजुले आफ्ना परिवारका नाममा राखिदिएको ३ लाखको अक्षयकोषबाट उक्त सम्मानस्वरुप २५ हजार ५५५ नगद, दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो ।

संघले विभिन्न ९ विधामा संचालन गरेको अवार्डको जुरी निर्णायकमा दीपेन्द्र श्रेष्ठ, प्रदीपराज वन्त, बलराम शर्मा, सन्देश उदास र रामचन्द्र पोखे्रल थिए । जुरी निर्णयक श्रेष्ठले सहभागीहरुका फोटोहरु धेरै नै उत्कृष्ट र कथा बोकेको फोटोहरु रहेका र तीमध्येबाट सर्वोत्कृष्ट छानिएको जानकारी दिए ।

यस्तै, कैलाश फोटोग्राफर अफ दि इयर विधामा पुरन शारु उत्कृष्ट भए । उनले १५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारे । उत्कृष्ट ५ मा पर्ने देवानन्द पोख्रेल, रामजी थापा, लक्ष्मीपति पौडेल र जीवन ढुंगानाले समेत प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

मिलन यूथ इनर्जेटिक फोटोग्राफी अवार्डमा बब शाही सर्वोत्कृष्ट ठहरिए । उनले ५ हजार पाए सो विधाको उत्कृष्ट ५ मा दीपकमान उदास, अर्जुन कुँवर, नारायणहरि अधिकारी र राजेश गुरुङ थिए ।

वातावरण तथा प्रकृतिर्फ कैलालीका कुलराज चौधरी चुनिए । जसमा योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनिल कार्की परेका थिए ।

संस्कृति तथा पर्यटनतर्फ समीर रेग्मीले अवार्ड थापे । सो विधामा अग्निधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशीष पुरी र अभिनन्दन बजिमयले थिए ।

रामतारा दैनिक जनजीवन फोटो विधामा सुरेश रेग्मी सर्वोत्कृष्ट बने । उत्कृष्ट पाँचमा महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारी समेत थिए ।

मिराज पोट्रेट फोटोग्राफीमा देवानन्द पोख्रेलले अवार्ड थाप्दा प्रदीप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि उत्कृष्ट ५ मा सीमित भए ।

नन्द नारी फोटोग्राफीमा श्रृजना भूर्तेलले ६ हजारसहित अवार्ड हात पारिन् । उत्कृष्ट पाँचमा मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माले थिए ।

वैवाहिक भिडियो विधामा निरोज के भण्डारी चुनिए । जसमा रामजी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलले ५ भित्र थिए ।

फोटो व्यवसाय गर्ने व्यावसायिक फोटोग्राफरहरुको साझा संस्था उक्त संघले विभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २ सय फोटोग्राफर संघमा आबद्ध छन् ।

संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भक्त तामाङ र संचालन सचिव देवानन्द पोखेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै