पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा शनिबार एकादशी महात्म्य प्रवचन भएको छ ।
उक्त सत्संगमा प्रमुख वाचक नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. भोलानारायण रेग्मीले एकादशीको महत्व प्रकाश पार्दै हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी एवं वामन एकादशी पनि भनिने स्पष्ट पारे ।
महर्षि गुरुकुल फाउण्डेसन अध्यक्ष रामचन्द्र पौडेलले पर्वविशेषमा आयोजना गरिने सत्संगले मानिसलाई सत्मार्गतर्फ डोर्याउने जनाए ।
कार्यक्रममा पं. गोकर्ण बराल, महासंघ गण्डकी अध्यक्ष मुक्तिराम अधिकारी, मिलन केन्द्र अध्यक्ष विश्वनाथ पराजुली, परिषद् सचिव सूर्यप्रसाद भण्डारी, महासंघ महानगर कोषाध्यक्ष इन्दिरा अधिकारी लगायतले शुभकामना मन्तव्य राखे ।
महासंघ अध्यक्ष मुक्तिराम अधिकारीको अध्यक्षतामा भएको सत्संगमा बगैँचा पार्क अध्यक्ष शिवप्रसाद पराजुलीले स्वागत, सहसचिव ज्यो.हरिश्चन्द्र भण्डारीले धन्यवाद ज्ञापन र महासंघका सचिव डिल्लीराम भट्टराईले सञ्चालन गरे । सत्संगबीच संगीतमय भजनकीर्तन, नाचगान समेत भयो । अब १२ असोज, इन्दिरा एकादशीमा सत्संग हुनेछ ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१