पोखरा । पोखरा–१६, तल्लो दीपस्थित जोगिमणि टोल विकास संस्थाको शनिबार भएको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले पुनः गोपाल गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा गोमादेवी गुरुङ, सचिवमा बुद्धिबल थापा, सहसचिवमा जगत सुवेदी तथा कोषाध्यक्षमा क्या.होमबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ । यस्तै, प्रेम गुरुङ, पसबहादुर गुरुङ, इन्द्र बास्तोला, असरी सुनार र कृष्णकुमारी बास्तोला सदस्य छनोट भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोगिमणि तमु समाज अध्यक्ष क्या. डम्बरबहादुर गुरुङले टोल विकास संस्थाका क्रियाकलाप प्रशम्सायोग्य रहेको जनाउँदै जोगिमणि टोललाई नमूना बनाउनुपर्ने बताए।
जोगिमणि तमु समाजका सचिव क्या.चोकबहादुर गुरुङले टोलको विकास, सरसफाइ लगायतमा ध्यान दिन सबैसँग आग्रह गर्दै टोलवासी जागरुप हुनुपर्ने स्पष्ट पारे । अध्यक्ष गोपाल गिरीले टोल विकासमा आफू नेतृत्वको समिति अहोरात्र लागि परेको दावी गर्दै आगामि दिनहरुमा पनि टोलवासीको सहयोगको अपेक्षा सुनाए ।
त्यस अवसरमा स्थानीय दुर्गाबहादुर गुरुङ, पूर्व अध्यक्ष चक्रपाणि सुवेदी, तल्लो दीप टोल विकास संस्थाका बद्रीनाथ गौतम लगायतले पनि धारणा राखे ।
संस्थाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव बुद्धिबल थापाले संचालन गरे।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१