युनाइटेड क्लबमा विभिन्न उपसमिति र सल्लाहकार चयन

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
united

पोखरा । युनाइटेड क्लब पोखराले विभिन्न उपसमिति तथा सल्लाहकार चयन गरेको छ । क्लबको हालै सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न पदाधिकारीहरुको पहिलो बैठकले विभिन्न उपसमितिसँगै सल्लाहकार चयन गरेको हो।

क्लबको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल चयन भए ।

यस्तै, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद व्यवस्थापन उपसमिति संयोजकमा द्वितीय उपाध्यक्ष सूूर्यबहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य विष्णुकुमार गुरुङ, महिला उपसमिति संयोजकमा कार्य समिति सदस्य शान्ति सुवेदी र युवा उपसमिति संयोजकमा कार्यसमिति सदस्य बुद्ध कार्की चयन भए ।

त्यसैगरी, क्लबले निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, पूर्व अध्यक्ष लालकाजी गुरुङ, रमेशबहादुर कार्की, राजेन्द्रबहादुर थापा, सुशीलराज पराजुली, लीलाधर अधिकारी र गोविन्द घिमिरेलाई सल्लाहकार चयन गरेको क्लब महासचिव दिनेश सुनारले जानकारी दिए ।

क्लबको बैठकले १३ औं पोखरा महोत्सव आगामी पुस अन्तिम साता आयोजना गर्ने निर्णय समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै