दलित पत्रकार संघ कास्कीमा सुरेश

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
Dalit

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध गरेको हो ।

कार्यसमित उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भए । सदस्यमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक छन् । अधिवेशनले ७ केन्द्रीय प्रतिनिधि र १२ प्रदेश प्रतिनिधि चयन गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले दलितको मुद्दा दलितले मात्रै नभइ अन्य जातजातिले समेत उठाउन आवश्यक रहे पनि त्यसका लागि अहिले दलितनै लड्नु पर्ने बताइन् ।

राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्ष रामशरण नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोग उपाध्यक्ष श्यामनाथ कुँवर, संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपालीलगायत बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुनारले दलित पत्रकारको काँधमा दुई कुरा दलित अधिकार र पत्रकारबारे अघि बढ्नुपर्ने स्थिति आइपरेको सुनाए । उनले अबका दिनमा संस्थालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै