एन प्याव्सनको श्रुतिलेखन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
Npabsan

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.45925927, 0.76319444); modeInfo: ; sceneMode: 512; cct_value: 6200; AI_Scene: (-1, -1); aec_lux: 45.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 39;

पोखरा । एन प्याव्सन कास्की आयोजनामा भएको दोस्रो नेपाली पठनसिप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ ।

युनिभर्स इङ्लिस स्कुल द्वितीय, रत्नज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथो तथा बागमारा एकेडेमी र अल्फा बोर्डिङ सान्त्वना भए ।

विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले संस्थाका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

‘एन प्याव्सन कास्कीको मेजोरिटीले यस संस्थामा आवद्ध विद्यालयको पढाइ, परीक्षा र हरेक गतिविधिमा एकरुपता छ त्यसैले पनि यस संस्थाका गतिविधि उत्कृष्ट छन्’ आचार्यले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरता दिन अनुरोध गर्दछु ।’

प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको एन प्याव्सन कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक हरिराज अधिकारीले बताए ।

विद्यार्थीमा आन्तरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जनाए । उनले आगामी दिनमा पनि संस्थाले आयोजना गर्ने कार्यक्रम यस्तैखालको सहभागिताको अपेक्षा राखे ।

संस्थाले अतिरिक्त कार्यक्रम बाहेर हरेक वर्ष बृहत् शैक्षिक प्रदर्शनी र बृहत् खेलकुद महोत्सव गर्दै आएको छ । यसपालि खेल क्षेत्रलाई मध्यनजर गरी खेलकुद महोत्सव गरिने कार्यसमिति सदस्य विक्रम सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै