राष्ट्रिय बहुउद्देश्यीय सहकारीको सभा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
national sahakari

पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।

संस्थाका संरक्षकसमेत रहेका पूर्व मन्त्री एवं वरिष्ठ समाजसेवी उत्तमबहादुर पुनले कार्यक्रम उद्घाटन गरेका हुन् । उनले संस्थाप्रति संचालक तथा शेयरधनी सकारात्मक रहेको र अझ बढी सक्रिय हुनुपर्ने भनी शेयरधनीको प्रशंसा गरे ।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पूर्णप्रसाद शर्माले संस्थाको शेयर बर्सेनि वृद्धि हुनेक्रममा रहेको र ऋण असुलीको निरन्तर प्रयास सकारात्मक भएको बताए ।

यस्तै, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समिति संयोजक प्रताप पुनले प्रस्तुत गरे । स्वागत उपाध्यक्ष रवीन्द्र गर्वुजा पुन र संचालन सूर्यप्रसाद बास्तोलाले गरेका हुन् ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद दिँदै संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले समापन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै