सामुदायिक बगरमा दोहारिए राम

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
bagar community

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १, बगरको शनिबार २१ औं वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन गरेको छ ।

समिति उपाध्यक्षमा दुर्गादत्त भुगार्इं, सचिव कृष्णबहादुर तामाड्ड, कोषाध्यक्ष कमलप्रसाद बास्तोला र सहसचिव बाबुराम भण्डारी चयन भए । सदस्यमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई कृष्णप्रसाद दाहाल, बलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा छन् ।

निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य वैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

उत्कृष्ट कार्यसमिति सदस्यतर्फ कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिकतर्फ आजीवन सदस्य सुरेन्द्रमान बिजुक्छेकी आमा तारादेवीलाई सम्मान गरिएको थियो ।

त्यस्तै सामुदायिक बगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भीमप्रसाद काफ्लेलाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

दश जोड दुई तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरीमध्ये आजीवन सदस्य कल्पना र ईश्वरीप्रसाद बास्तोलाका छोरा कृतन र आजीवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृतिलाई नगदसहित सम्मान गरियो ।

यसअघि कार्यक्रमे उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बगर सामुदायिकका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय कास्कीमा रहँदा यस संस्थाले गरेका हरेक गतिविधि नजिकबाट नियाल्ने अवसर मिल्यो, जसले समुदाय र प्रहरीलाई जोड्ने काम गरेको छ,’ उनले भने, ‘यस संस्थाको सक्रियता अरु संस्थाले पनि सिक्न जरुरी छ ।’

माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले संस्थाले गर्ने हरेक गतिविधिमा पालिकाले सघाउने बताइन् । सामुदायिक बगर अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा बगरका पूर्व अध्यक्ष मनपति भण्डारी, सामुदायिक बगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, आजीवन सदस्य चिजकाजी गुरुङ, सामुदायिक पृथ्वीचोककी उपाध्यक्ष मुना कुमारी बास्तोला, नमुना आमा समूह अध्यक्ष विष्णुकुमारी बास्तोला, सामुदायिक बगरका सचिव शिवराज अधिकारीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै