शुभम् बचतमा सूर्य

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
subham Main

पोखरा । शुभम् बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभाले अध्यक्षमा सूर्यप्रसाद पौडेललाई चयन गरेको छ ।

नौ सदस्यीय सञ्चालक समिति उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई चयन भए । सदस्य गोविन्दप्रसाद बास्तोला, चीजकुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे र लक्ष्मीदेवी बराल छन् ।

साधारणसभाले ज्ञानेन्द्र थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन गरेको छ । सदस्यमा कालीप्रसाद भूर्तेल र पूर्णकला घर्ती छन् ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार भेषराज रिजालले पछिल्लो समय सञ्चालकसमेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्या ग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको बताए । सहकारीले ऋण लगानी गर्दा भनसुन, प्रलोभन र लोभमा नपरी सुरक्षित धितो बन्धक राखेर कर्जा प्रवाह गरेको खण्डमा कुनै कारणले ऋणीले ऋण तिर्न नसकेको खण्डमा त्यस्तो धितोको लिलामीबाट असुलउपर गर्न सकिने र बचत कर्ताको बचत पनि सुरक्षित हुने रिजालको भनाइ थियो ।

कास्की बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शेरबहादुर कार्कीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ ? कसरी सञ्चालन भएको छ ? भनी सेयर सदस्यले चासो राख्नुपर्ने सुझाव दिए ।

सहकारी अभियन्ता भीम गुरुङले कास्कीमा १०/२० वटा सहकारी समस्या ग्रस्त रहेको भए पनि सहकारीको बारेमा चलेको नकारात्मक हल्ला र आर्थिक मन्दीको समेत असर सबै सहकारीमा परेको बताए ।

सञ्चालक आफैँले संस्थाको पैसा मनोमानी हिसाबले चलाउँदा, बिनाधितोमा ऋण लगानी गर्दा र खोला छेउ तथा पाखा पखेराका कमसल धितोमा अधिक मूल्य कायम गरी लगानी गर्दा सहकारीहरू समस्या ग्रस्त बनेको उनको भनाइ छ ।

सो अवसरमा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरियो ।

ऋण असुलीमा उल्लेखनीय योगदान गर्ने जोखिम व्यवस्थापन उपसमिति संयोजक कुमार आचार्य सम्मानित भए । उत्कृष्ट कारोबारकर्तामा ज्ञानबहादुर पुर्जा, शुष्मा पुन, सुनिताकुमारी श्रेष्ठ, रविलाल पहारी, बबिता अधिकारी भूर्तेल, सन्तोष बराल, हरिप्रसाद अधिकारी, लेखनाथ अधिकारी र विक्रमबहादुर थापा सम्मानित भए । कर्मचारीतर्फ व्यवस्थापक कमल कोइराला, सह–व्यवस्थापक कृष्णदेवी थापा, कर्जा प्रमुख सचिन पाठक र बजार प्रतिनिधि प्रयास सुवेदीलाई पनि सम्मान गरिएको छ ।

निवर्तमान अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमपाणि देवकोटाका निर्वाचन समिति संयोजक थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै