पोखरा । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजनामा असोज १२ गते उक्त प्रतियोगिता हुन लागेको हो ।
पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् ।
‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किमी दौड प्रतियोगिता खुला प्रतिस्पर्धा हो । दौडको रुट विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने छ ।
खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले पोखराको समग्र पर्यटनमा प्रतियोगिताले सहयोग गर्ने भएकाले आफ्नै कार्यक्रम भएको बताए ।
विश्व शान्ति स्तुप समिति अध्यक्ष उत्तममान बुद्धाचार्यले करिब ५० वर्षअघि खुलेको विश्व शान्ति स्तुप प्रचार अभावमा छायामा परेको गुनासो गरे । उनले यसबाट थप प्रचार हुने अपेक्षा गरे । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अर्जुन पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार बुद्धाचार्यले प्यानलतर्फबाट २० हजार रुपैयाँ हस्तान्तरण गरे ।
प्रदेश खेलकुद परिषद् गण्डकी सदस्य केशव पाठकले यो प्रतियोगिता नमुना हुने विश्वास लिए । नेपाल पत्रकार महासंघ गण्डकी सचिव यदुनाथ बञ्जाराले राम्रो अभ्यासको मिडियाले पनि सक्दो प्रचार गर्नुपर्ने बताए ।
आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल सञ्चालित रहेको कम्पनीका व्यवस्थापक सागर सुनारले जनाए ।
Related News
सम्बन्धित समाचार
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
पोखरामा क्रस कन्ट्री दौड तयारी
जुडो रेफ्री तथा कोच तालिम
पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१