उद्घोषण एवं माहुरीपालन तालिम

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
mauri training

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजनामा नेतृत्व विकास र मौरीपालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा भएको निःशुल्क सो तालिममा वाणिज्य संघमा आबद्धमध्ये १ सय ५ जनाभन्दा बढी सदस्य, व्यवसायी एवं कृषकले भाग लिएका थिए । तालिम ३ दिनसम्म चलेको हो ।

सहभागीहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौती, मौरीको जीवनचक्र र वर्ग विभाजन, मौरीको शारीरिक बनावट कार्य विभाजनलगायत बारे सिकाइएको थियो । त्यस्तै, मौरीको पालनमा प्रयोग हुने घार तथा उपकरणबारे जानकारी कृत्रिम आहार, आधार चाका, मौरीको लडाई झगडा, लुटपाट र त्यसको रोकथाम, वितपाते कर्मी मौरी तथा त्यसको व्यवस्थापन, मौरी चरण पात्रो निर्माण तथा व्यवस्थापन, मौरीका रोग र कुपोषण, विषादी र मौरी, मह त्एपादन, प्रशोधन, भण्डारणबारे पनि सिकाइएको थियो ।

बाली विशेषज्ञ धनबहादुर राना र प्रशिक्षक रमेशराज पौडेलले प्रशिक्षण दिएका थिए ।

यसैगरी, व्यवसायी एवं उद्योगीहरुकोे क्षमता र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले नेतृत्व विकास तालिम भएको छ । तालिम ३ दिनसम्म चलेको हो । तालिमको नेपाल पत्रकार महा संघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए ।

तालिमको समापनमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममा सिकेका कुरा व्यवहारमा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहभागीलाई तालिमबाट सिकेका कुराहरु निरन्तर अभ्यासमा ल्याउन सुझाव दिए । पूर्व अध्यक्ष बाबुराम गिरी, बलराम ढकाल, कृष्णहरि भण्डारी, लक्ष्मीप्रसाद त्रिपाठी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक अर्जुन भण्डारीले व्यवसायीलाई क्षमता विकासमा मध्यनजर गर्दै आगामी दिनमा पनि नेतृत्व विकास तालिम दिने वाणिज्य संघको उद्देश्य रहेको बताए । कार्यक्रमको संचालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै