जनता सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०८१
janata

पोखरा । पोखरा ३०, पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले १३ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले कार्यक्रम उद्घाटन गरे ।

संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका वरिष्ठ सल्लाहकार विश्वमोहन पौडेल, शोभामोहन पौडेल, रुपा सहकारीका अध्यक्ष गणेश केसीले आ–आफ्नो मन्तव्य राखेका थिए ।

यस्तै, लेखा संयोजक रामचन्द्र भण्डारी, कोषाध्यक्ष प्रेमराज बस्यौला, सचिव भरतराज ओझाले संस्थाका गतिविधिबारे प्रतिवेदन पेस गरेका थिए ।

सहकारीका सात सिद्धान्त वाचन शिक्षा समिति संयोजक दयाराज भण्डारीले वाचन गरेका थिए । शेयर सदस्यतर्फबाट मुक्ति रेग्मी, सीतादेवी जोशीले मन्तव्य दिए ।

सहकारीले, उत्कृष्ट कर्मचारी सुशील घिमिरे, असल कारोबारीहरु, शेयर सदस्यका प्लस टु र स्नातकोत्तर उत्तीर्ण छोराछोरीलाई सम्मान गरेको थियो ।

कार्यक्रमको समापन उपाध्यक्ष सनबहादुर गुरुङ (कालु) ले गरेको कार्यक्रमको सञ्चालन सचिव भरतराज ओझाले गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै