पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न सूचक समग्रमा राम्रो रहेको भन्दै सहकारीको अझ प्रगतिको कामना गरे । उनले यसरी समुदाय र सम्पर्क समाज, अवकासप्राप्त कर्मचारीमा आधारित सहकारी राम्रोसँग चलेको बताए । उनले ऋण असुली समस्या सबै सहकारीको राष्ट्रिय समस्या हो भने । शेयर सदस्य सार्वभौम भएकोले नियमित रुपमा सहकारीमा आएर खबरदारी र निगरानी गर्न उनको सुझाव छ ।
संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै गत आवसम्म सहकारीको कुल निक्षेप बढेको जानकारी दिए । गत आर्थिक वर्षमा १ करोड ५३ लाख ७२ हजार निक्षेप रहेकोमा अहिले बढेर १ करोड ९१ लाख ६७ हजार पुगेको बताए । सञ्चालक समितितर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति विवरण र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आयसहितको आर्थिक प्रतिवेदन र लेखा सुपरीपेक्षण समिति संयोजक सुनिल अर्यालले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले पारित गरेको छ ।
कार्यक्रममा पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, संस्थाका सल्लाहकार नारायणप्रसाद पौडेल लगायतले पाल्पाली समाजको गतिविधि एवं सहकारीबारे बोलेका थिए । सो अवसरमा उत्कृष्ट सेयर सदस्यको रुपमा तेजबहादुर थापा र कमलप्रसाद नेपाललाई सम्मान गरियो भने सेयर सदस्यका एसइई उत्तीर्ण छोराछोरीलाई पनि सम्मान गरियो ।
संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति उपाध्यक्ष एवं कर्जा उपसमिति संयोजक बाबुराम खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन सचिव रेशमराज थापाले गरे । सहकारीका सात सिद्धान्त वाचन शिक्षा समिति संयोजक पदमप्रसाद पोखरेलले गरे ।
२०७६ असार १३ मा स्थापना भएको यो सहकारीमा हाल ५१० सदस्य छन् । तीमध्ये २६१ महिला हुन् ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१