पोखरा । पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई पोखरामा सम्मान गरिने भएको छ ।
गण्डकी प्रदेश तेक्वान्दो संघ आयोजना एवं कास्की जिल्ला तेक्वान्दो संघ सहयोगमा आइतबार बिहान पोखरा रंगशालामा हुने समारोहमा उनीहरुलाई सम्मान गर्न लागिएको गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा हुने सो समारोहमा प्रदेश सरकारतर्फबाट समेत मुख्यमन्त्री पाण्डेले नगद तथा सम्मानपत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको संघ अध्यक्ष जगनबहादुर गुरुङले बताए ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषद् र महानगरका विभिन्न वडा र पोखरास्थित संघसंस्था, उद्योग व्यवसायी लगायत खेलकुदप्रेमीले समेत आर्थिक रुपमा खेलाडी पेलशा र प्रशिक्षक कविराजलाई सम्मान गर्ने प्रदेश तेक्वान्दो संघ महासचिव पौडेलले जनाए । विभिन्न खेल संघ र खेलाडीबीच छलफल गरी कार्यक्रम तयारी तीव्र पारिएको जिल्ला अध्यक्ष कुमार गुरुङले बताए ।
पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा काठमाडौंकी पलेसाले ऐतिहासिक कास्य जितेकी हुन् ।
नेपाल तेक्वान्दो संघले उनलाई १० लाख र प्रशिक्षक कविराजलाई ३ लाख नगदसहित सम्मान गरिसकेको छ । नेपाल सरकारले समेत ६५ लाखसहित सम्मान गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
पोखरामा क्रस कन्ट्री दौड तयारी
जुडो रेफ्री तथा कोच तालिम
पोखरा फिनिक्स र इस्लामिक कंकर्स विजयी
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१